स्याङ्जामा स्याउ फल्यो

आदर्श समाज सम्वाददाता
जेठ २२, २०७८
Apple syangja

स्याङ्जा  । सामान्यतया हिमाली क्षेत्रमा फल्ने स्याउ स्याङ्जामा पनि फलेको छ । गल्याङ ९, अमिलाथुममा गत वर्षदेखि स्याउ फलेको हो। हिमाली जिल्लामा फल्ने स्याउ पहाडमा पनि फलेपछि स्थानीयले चासो देखाएका छन् ।

करिब ५ वर्षअघि रोपेको चकलेटी स्याउले गत वर्षदेखि फल दिन लागेको नारायण अर्यालले जानकारी दिए ।

नारायणका भाइ मुक्तिले दिदीको घरबाट एउटा स्याउको बिरुवा ल्याएर रोपेका हुन् । आँगनको डिलमै रोपेको स्याउ सप्रेर अहिले ठूलो बुटो बनेको छ ।

बलाममा रहेका भिनाजु हरिप्रसाद पाण्डेले सालालाई बिरुवा दिएका थिए । सुन्तला फल्ने स्याङ्जामा स्याउ पनि फल्न थालेपछि किसानले चासो बढाएका छन् । अमिलाथुममा सुन्तला पनि फल्छन् । अन्यत्रभन्दा यहाँ कम उत्पादन हुन्छ सुन्तला । दक्षिणतर्फ फर्केको भूभाग, कालीगण्डकीको होचो भूभाग रहेकाले यहाँ आँप, लिची, केरा, मेवा खेती भने राम्रो हुन्छ ।

सुन्तला फल्ने जिल्लामा स्याउ पनि फल्न थालेपछि स्थानीयबासी अचम्मित हँुदै हेर्न जाने गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width