गाउँपालिकालाई साढे १२ लाखको स्वास्थ्य सामग्री

आदर्श समाज सम्वाददाता
जेठ २२, २०७८
health help to malika

म्याग्दी  । मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरको पहलमा १२ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री जुटेको छ । कोरोना रोकथाम तथा नियन्त्रण र उपचारका लागि गाउँपालिका अध्यक्ष रोका मगरको पहलमा काठमाडौंस्थित माउन्ट हर्ट नेपालले गाउँपालिकालाई १० लाख ५० हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

सो स्वास्थ्य सामग्री संस्था अध्यक्ष डा. अवन गौतमले गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरलाई शुक्रबार हस्तान्तरण गरेका हुन् । कोरोना रोकथाम तथा नियन्त्रण र उपचारका लािग गाउँपालिकालाई सात थान अक्सिजन कन्सन्टेटर, भोल्टेज रेगुलेटर लगायत १२ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री गाउँपालिकालाई सहयोग गरिएको संस्थाका अध्यक्ष डा. गौतमले बताए । उनका अनुसार संस्थाले मालिका कगाउँपालिका सहित कास्की, मनाङ र काठमाडौं लगायत विभिन्न ठाउँमा स्वास्थ्य सामाग्री सहयोग गरेको छ । उनले संस्थाले स्वास्थ्य शिविर सञ्चालन गर्दैै आएको र हेटौडामा अस्पताल निर्माण गर्न लागिएको जानकारी गराए ।

विपद् समयमा सहयोग पु¥याउने उद्देश्यले स्वास्थ्यकर्मीले संस्थाको स्थापना गरेको उनको भनाइ छ । सामग्री बिग्रिए संस्थाले नै मर्मत गर्ने उनले उद््घोष गरे । भूकम्प, बाढीपहिरो लगायत विपद्को समयमा संस्थाले विभिन्न ठाउँमा उद्धार, निशुल्क उपचार र सहयोग गरेको बताउँदै अध्यक्ष डा.गौतमले कोरोना कहरको समयमा कोरोना रोकथाम तथा नियन्त्रण र कोरोना संक्रमित विरामीको उपचारमा सहयोग पु¥याउने उद्देश्ले स्वास्थ्य सामग्री सहयोग गरिएको बताए ।

गाउँपालिकाले संक्रमित बिरामीको उपचारका लागि आइसोलेसन, अस्थायी अस्पताल सञ्चालनसँगै समुदायस्तरमा थप कोरोना फैलिन नदिन स्वाब संकलन गरी परीक्षण दायरा बढाएको अध्यक्ष रोका मगरले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width