मन्त्रिमण्डलमा व्यापक हेरफेर, काे बने मन्त्री, काे बाहिरिए ? (नामावलीसहित)

आदर्श समाज सम्वाददाता
जेठ २१, २०७८
mnister

पोखरा, २१ जेठ । कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिमण्डल बिस्तार गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षलाई सरकारमा सहभागी गराउँदै उनले १७ सदस्यीय मन्त्रिपरिषद् बनाएका हुन् । नयाँ मन्त्रिमण्डलमा ३ उपप्रधानमन्त्री, १२ मन्त्री र २ राज्यमन्त्री रहेका छन् ।

मन्त्रिमण्डल बिस्तार क्रममा मौजुदा मन्त्रिपरिषद्बाट एमाले महासचिव ईश्वर पोखरेलसहित  १ उपप्रधानमन्त्री,  ९ मन्त्री र ३ मन्त्रीलाई ओलीले हटाएका छन् । उनले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई उपप्रधामन्त्रीमा समेत बढुवा गरे भने नेकपा एमालेका रघुवीर महासेठ र जसपाका वरिष्ठ नेता राजेन्द्र महतो समेत उपप्रधानमन्त्रीको मौका पाए । उपप्रधानमन्त्री महासेठलाई परराष्ट्र र महतोलाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइयो ।

ओलीले अर्थमन्त्री पौडेलसँगै भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङ, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र कानुनमन्त्री लीलानाथ श्रेष्ठलाई निरन्तरता दिएका हुन् । गृह अझै पनि प्रधानमन्त्री ओलीले नै राखेका छन् । उनीसँगै रक्षा, सञ्चार, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन अझै मन्त्रिविहीन छन् । सबै मन्त्रालय ओलीले नै राखेका हुन् । नयाँ मन्त्री तथा राज्यमन्त्रीले शुक्रबार राति पद तथा गोपनीयताको शपथ ग्रहण गरिससकेका छन् ।

नयाँ मन्त्रिमण्डल बिस्तारमा सिट खाली गर्न परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी, संस्कृति पर्यटन तथा नागरिकमन्त्री भानुभक्त ढकाल, कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्याल, सञ्चारमन्त्री पार्वत गुरुङ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा शिवमाया तुम्बाहाम्फे बाहिरिए।

साथै, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश ठगुन्ना, वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतो, स्वास्थ्य राज्यमन्त्री नवराज राउत, सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र उद्योग राज्यमन्त्री विमला विक बिदा भए ।

यस्तो छ, नयाँ मन्त्रिमण्डल:

  1. प्रधानमन्त्री केपी शर्मा ओली : गृह, रक्षा, वन तथा वातावरण, संघीय मामिला तथथा सामान्य प्रशासन र सञ्चार तथा सूचना प्रविधि, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपंक्षी विकास
  2. विष्णुप्रसाद पौडेल: उपप्रधानमन्त्री, अर्थ
  3. राजेन्द्र महतो: उपप्रधानमन्त्री, शहरी विकास
  4. रघुवीर महासेठ: उपप्रधानमन्त्री, परराष्ट्र
  5. शेरबहादुर तामाङ: स्वास्थ्यमन्त्री
  6. कृष्णगोपाल श्रेष्ठ: मन्त्री, शिक्षा
  7. बसन्तकुमार नेम्वाङ: मन्त्री, भौतिक पूर्वाधार तथा यातायात
  8. लीलानाथ श्रेष्ठ: मन्त्री, कानून न्याय तथा संसदीय मामिला
  9. शरतसिंह भण्डारी: मन्त्री, ऊर्जा
  10. अनिल झा: मन्त्री, खानेपानी तथा सरसफाइ
  11. विमल श्रीवास्तव: श्रम तथा रोजगार
  12. उमाशंकर अरगरिया: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
  13. लक्ष्मणलाल कर्ण: मन्त्री, भूमि व्यवस्था
  14. चन्दा चौधरी: मन्त्री, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
  15. एकवाल मियाँ: मन्त्री, युवा तथा खेलकुद
  16. चन्द्रकान्त चौधरी: राज्यमन्त्री, ऊर्जा
  17. रेणुका गुरुङ: राज्यमन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक

Related News

सम्बन्धित समाचार

hero news full width