छोराले चलाएको ट्याक्टर दुर्घटना हुँदा बाबुको मृत्यु

आदर्श समाज सम्वाददाता
जेठ २१, २०७८
accident

लमजुङ, २१ जेठ । जिल्लामा छोराले चलाएको ट्याक्टर दुर्घटना हुँदा बाबुको मृत्यु भएको छ । राइनास ४ का ६० वर्षीय रामबहादुर कुमालको घटनास्थलमै मृत्यु भएको हो । उनका छोरा ट्याक्टर चालक एकबहादुर घाइते छन्।
राइनास–८ स्थित मध्यपहाडी लोकमार्गको तार्कुघाट खण्डको भैंसीखोलामा ग १ च ५६९४ नम्बरको ट्याक्टर गएराति १ बजे दुर्घटनामा परेको हो ।

प्रहरी चौकी धमिलिकुवा–तार्कघाटका प्रमुख प्रहरी नायव निरीक्षक पूर्ण थापाका अनुसार राइनास ९, सिमघारीमा घर ढलानको काम सकेर रातबिसेतर्फ फर्किने क्रममा बाबुछोरा दुर्घटनामा परेका थिए । दुर्घटनामा बाबु रामबहादुरको घटनास्थलमै मृत्यु भएकोमा छोरा ३० वर्षीय एकबहादुर घाइते भएका हुन् । उनको सहोदर सामुदायिक अस्पतालमा उपचारपछि डिस्चार्ज गरिसकिएमा प्रहरीले अनुसन्धानका लागि नियन्त्रण लिएको छ ।

बावुको शव उनका कान्छा छोरालाई बुझाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए।

Related News

सम्बन्धित समाचार

hero news full width