कोरोना परीक्षण गर्न नमानेका २ को मृत्यु

रासस
जेठ २१, २०७८
Corona Banner

पाँचथर । कोरोनाको परीक्षण गर्न अस्वीकार गरेका दुई पुरुषको मृत्यु भएको छ । एन्टिजेन परीक्षणका लागि स्वास्थ्यकर्मीको टोली गाउँमै गएको समयमा परीक्षणका लागि गरिएको आग्रह अस्वीकार गरेका फिदिम नगरपालिका–८ का दुई पुरुषको बिहीबार मृत्यु भएको हो ।

उनीहरुलाई कोरोनाको लक्षणसँग मिल्ने स्वास्थ्य समस्याका कारण मृत्यु भएको हो । फिदिम–८ को कागते र घुमाउनेटार घर भएका क्रमशः ७२ र ६२ वर्षीय पुरुषको मृत्यु भएको वडाध्यक्ष शेरबहादुर नेम्वाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार लक्षण देखिएका उनीहरुको परीक्षण हुन सकेको थिएन । “वडामा टोली आउँदा परीक्षण गराऔँ भनेर मैले नै भनेको हुँ, मान्नुभएको थिएन”, वडाध्यक्ष नेम्वाङले भन्नुभयो, “हिजो दुःखद घटना भयो ।” उनीहरुमा ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने जस्ता स्वास्थ्य समस्या थिए । एकको बिहीबार अपराह्न ३ः०० बजे घरैमा नै मृत्यु भएको थियो भने अर्कालाई श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि फिदिम ल्याउने क्रममा राति ९ः०० बजे बाटैमा मृत्यु भएको वडाध्यक्ष नेम्वाङले जानकारी दिनुभयो ।

Related News

सम्बन्धित समाचार

    • थप २ हजार ५६८ मा सङ्क्रमण

      रासस श्रावण १७, २०७८
      काठमाडौं । पछिल्लो २४ घण्टामा १२ हजार ६३६ मा नमूना परीक्षण गर्दा देशभर दुुई हजार ५६८ मा सङ्क्रमण पुष्टि भएको…
    • स्मार्ट लकडाउन : झनै बढ्न थाल्यो संक्रमण

      आदर्श समाज सम्वाददाता श्रावण १६, २०७८
      पोखरा । कोरोना नियन्त्रणका लागि कास्की प्रशासनले वैशाख १५ देखि दोस्रो चरणको पूर्ण लकडाउन घोषणा गर्‍याे । त्यसअघि पनि आंशिक…
    • गण्डकीमा ९२ प्रतिशत निको

      आदर्श समाज सम्वाददाता श्रावण १४, २०७८
      पोखरा । गण्डकी प्रदेशमा बिहीबार ३३ जना कोरोनामुक्त भएका छन् । अघिल्लो दिनको तुलनामा निको हुनेका संख्या अत्यन्तै कम हो…
    • १३२ देशमा फैलियो डेल्टा भेरियन्ट

      रासस श्रावण १४, २०७८
      जेनेभा । विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा…
    • गण्डकीमा थप ८ संक्रमितको मृत्यु

      आदर्श समाज सम्वाददाता श्रावण १३, २०७८
      पोखरा । गण्डकी प्रदेशमा थप ८ जना संक्रमितको मृत्यु भएको छ । पछिल्ला केही दिनयता प्रदेशमा संक्रमित संख्या बढ्नुका साथै…

    hero news full width

    Gandaki University

    sanil ads

    wordlink ads