फिफा विश्वकप छनाेटमा ताइपेइविरुद्ध नेपालको जित

आदर्श समाज सम्वाददाता
जेठ २१, २०७८
nepal won taipai

पोखरा ।  सन् २०२२ फिफा विश्वकप र २०२३ एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत चाइनिज ताइपेइविरुद्धको खेलमा नेपालले जित हात पारेको छ।

जाबेर अल–अहमद अन्तर्राष्ट्रिय रंगशालामा बिहीबार राति भएको खेलमा नेपालले ताइपेइलाई २–० गोल अन्तरले पाराजित गरेको हो।

नेपालको जितमा अन्जन विष्ट र नवयुग श्रेष्ठले एकरएक गोल गरे।

नेपालले खेलको चौथो मिनेटमै अग्रता लिएको थियो। सन्तोष तामाङको फ्रिकिकमा विपक्षी खेलाडीले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि नेपालले पेनाल्टी पाएको थियो।

उक्त पेनाल्टीमा अन्जनले सहजै गोल गरे। यता, ८२ औं मिनेटमा नवयुगले गोल गर्दै नेपाललाई २(० को जित दिलाए। सुमन अर्यालले पेनाल्टी क्षेत्र भित्रबाट दिएको क्रसलाई नवयुगले पहिलो टचमा नै गोलमा परिणत गरे।

जितसँगै नेपालले विश्वकप तथा एसियन कप छनोटका ६ खेलबाट ६ अंक जोडेको छ।

नेपालको सुधारिएको प्रदर्शन
विश्वकप २०२२ छनोटको तेस्रो चरणमा पुग्ने नेपालको सम्भावना गाणितीय रुपमा बाँकी छ। तर, यो खेल एसियन कप २०२३ को छनोट पनि हो। महादेशीय प्रतियोगिताको छनोटमा भने नेपाल तेस्रो चरणमा पुग्नसक्छ। नेपाली टोलीको लक्ष्य्य यही हो। त्यसैको लागि ताइपेइविरुद्धको खेल महत्त्वपूर्ण रहेको थियो।

करिब पाँच दिन अगाडि मैत्रीपूर्ण खेलमा एसियाकै शक्तिशाली मध्येको एक इराकविरुद्ध ३७ मिनेटसम्म नेपालले २–१ को अविश्वसनीय अग्रता लिएको थियो। पछि इराकको दबाब थेक्न सकेन र ६-२ गोलको फराकिलो हार बेहोरेको थियो।

मैत्रीपूर्ण खेलमा युवा खेलाडीले गरेको लोभलाग्दो प्रदर्शनसँगै नेपाली टोलीको आत्मविश्वास बलियो देखिएको थियो। यद्यपि, नेपाली टोलीको ताइपेइविरुद्ध मैदान उत्रिँदा एकै समस्या रहेको थियो, गर्मी।

कुवेतेली प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले यहाँको मौमसमा खेल्न कठिन हुने बताएका थिए। भयो पनि त्यस्तै। गर्मीको रापमा नेपाली खेलाडीले भने क्षमताअनुसार प्रदर्शन गर्न सकेनन्।

यद्यपि, उनले आफ्नो लक्ष्य्य चौथो स्थान सुरक्षित गर्न र एसियन कप क्वालिफायर्समा मौका बनाउने रहेको भन्दै त्यसका लागि खेल जित्नैपर्ने स्थितिमा उत्रिने बताएका थिए। उनले ताइपेइको टिममा खेलाडीहरु र प्रशिक्षक पनि नयाँ भएको भन्दै यसकै फाइदा लिँदै आक्रमक खेल खेल्ने बताएका थिए।

जुन रणनीति सफल पनि भयो। नेपालभन्दा ताइपेइ ३० स्थानमाथि छ। यद्यपि, ‘होम एन्ड अबे’ को नियम भएपनि कोरोना महामारीका कारण नेपालले घरेलु मैदानका बाँकी तीनै खेल कुवेत सिटीमा खेल्दैछ। ताइपेइइमा भएको खेलमा पाहुना टोली नेपालले २(० ले जितेको थियो। नेपाली टिम कुवेतमा त्यही सफलता दोहोर्याउने लक्ष्यमा थियो।

Related News

सम्बन्धित समाचार

hero news full width