कास्की आदर्श समाजद्वारा स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग

आदर्श समाज सम्वाददाता
जेठ २०, २०७८
Adarsha Help Photo

पोखरा । कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्ले कास्कीका स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

परिषद्ले बिहीबार कास्की परिवार दक्षिण कोरियाको सहयोगमा उपलब्ध भएको स्वास्थ्य सामग्री कास्कीका ४ गाउँपालिका र पोखरा २१ लाई हस्तान्तरण गरेको हो । कार्यक्रमका संयोजक तथा परिषद्का केन्द्रीय उपाध्यक्ष निरज थापाले पालिका र वडाका सम्बन्धित प्रतिनिधिलाई प्रदान गरेका हुन् ।

थापाका अनुसार परिषद्का क्विक रेस्पोन्स टिमका संयोजक तथा परिषद्का महासचिव हंसराज ढकालको संयोजनमा दक्षिण कोरियाबाट १० लाखभन्दा बढीको सहयोग गरिएको हो ।
मादी गाउँपालिकालाई १ अक्सिजन कन्सन्ट्रेटर कम भएकाले केही समयपछि उपलब्ध गराइने उनको भनाइ छ । ४ वटा अक्सिजन कन्सन्ट्रेटर, २५ वटा पल्स अक्सिमिटर, थर्मल गन र अक्सिजन मास्क १५÷१५ वटा सहयोग गरिएको हो । मास्क ५ हजार, पन्जा १० बट्टा र सेनिटाइजर ५ जार उपलब्ध गराइएको थापाले जानकारी दिए ।

‘मातृभूमिको माया भएर गास काटेर सहयोग गर्नुभएको छ,’ उनले भने, ‘कोहीले व्यक्तिगत सहयोग पनि पठाउनुभएको छ ।’ सहयोग आउने क्रम जारी नै रहेका कारण आगामी दिनमा पनि आवश्यक परेको ठाउँमा सहयोग गर्दै जाने थापाको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

hero news full width