अक्सिजन प्लान्ट बनाउन वडाध्यक्ष शंकर बास्ताेलाकाे सहयोग

आदर्श समाज सम्वाददाता
जेठ २०, २०७८
bastola

पोखरा । बतास फाउन्डेसनले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा स्थापन गर्न लागेको अक्सिजन प्लान्टका लागि पोखरा ४ का अध्यक्ष शंकर बास्तोलाले सहयोग घोषणा गरेका छन् । फाउन्डेसनको अभियानमा उनले १ लाख १ हजार १ सय ५ रुपैयाँ सहयोगको घोषणा गरेका हुन् । बास्तोलाले आफ्नै सुविधाबाट सो रकम सहयोग गरेका हुन् ।

‘अक्सिजन नपाएर नागरिक मर्नुपर्ने अवस्था छ । राज्य आफ्नो जिम्मेवारीबाट च्यूत भइसकेको छ,’ उनले भने, ‘निजी क्षेत्रले भए पनि पुण्यको काम गर्न लागेको सुन्दा खुसी लाग्यो । मलाई सरकारले दिने सुविधाबाट नागरिकको जीवन रक्षामा लगानी गरें ।’ महानगरका वडाध्यक्षले मासिक २७ हजार हाराहारी सुविधा पाउँछन् । त्यसबाट बास्तोलाले ४ नम्बर वडा स्तरीय कोभिड सहयोग समितिमा थप १५ हजार १ सय ५ सहयोग गरेका छन् ।

बतास फाउन्डेसनको संयोजनमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उच्च गतिको अक्सिजन उत्पादन प्लान्ट जडान गर्न लागिएको छ । निजी क्षेत्रहरुले संयुक्त रुपमा पोखरासहित देशभरका १० ठाउँमा अक्सिजन प्लान्ट निर्माण गर्न लागेको छ । यसका लागि फ्रान्सबाट १० वटा अक्सिजन जेनेरेटर खरिद प्रक्रिया अगाडि बढिसकेको छ । यसका लागि १२ करोड रुपैयाँ लाग्ने बतास फाउन्डेसनका अध्यक्ष आनन्दराज बतासले जानकारी दिए । फाउन्डेसनले अहिले पनि विभिन्न अस्पतालमा अक्सिजन कन्सन्ट्रेटर, स्वास्थ्य सामग्रीलगायत हस्तान्तरण गरिरहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width