छ हजार ८२५ सङ्क्रमित, झण्डै ६ हजार निको   

आदर्श समाज सम्वाददाता
जेठ २०, २०७८
Corona Banner

काठमाडौं ।  पछिल्लो २४ घण्टामा छ हजार ८२५ जनामा कोरोना सङ्क्रमण भएको छ । देशभर कूल २१ हजार ७७३ नमुना परीक्षण गरिएको थियो । त्यसमध्ये पिसिरआर विधिबाट १८ हजार ५६२ र एन्टिजेन विधिबाट तीन हजार २११ परीक्षण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पाँच हजार ९०४ जना निको भएका छन् । नेपाली सेनाद्वार विभिन्न मितिमा शव व्यवस्थापन गरेको समेत गरी कूल ७५ जनाको दुःखद् निधन भएको मन्त्रालयले जनाएको छ । योसहित कूल मृत्यु हुनेको सङ्ख्यामा सात हजार ६३० जना पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म पाँच लाख ७६ हजार ९३६ जना कोरोना सङ्क्रमित हुँदा चार लाख ६७ हजार ४६७ जना निको भएका छन् । पिसिआर परीक्षणमध्ये सङ्क्रमण दर १८.६ प्रतिशत रहेको छ भने पोजेटिभमध्ये मृत्यु दर १.६ प्रतिशत रहेको मन्त्रालयको विवरणमा उल्लेख छ । काठमाडौँ उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा सक्रिय सङ्क्रमितको सङ्ख्या १४ हजार ३८२ रहेको छ । यस्तै निको भएकाको सङ्ख्या एक लाख ७५ हजार ८५२ रहँदा एक हजार ६५३ जनाले ज्यान गुमाएका छन् । भक्तपुरमा कूल सक्रिया सङ्क्रमित चार हजार १७४ छन् भने निको भएका १५ हजार ९३१ छन् । यस्तै कोरोनाका कारण सो जिल्लामा ३२९ जनाको ज्यान गएको छ ।

उता ललितपुरमा सक्रिय सङ्क्रमित छ हजार ४० छन् । कूल २७ हजार ७२४ जना निको हुँदा ४५५ जनाको निधन भएको छ । पछिल्ला दिनमा कोरोनाको सङ्क्रमण दरमा कमी आइरहेको समेत पछिल्लो विवरणले देखाएको छ ।   रासस

Related News

सम्बन्धित समाचार

    • जताततै भिडभाड, नाम मात्रको निषेधाज्ञा

      सविन लामिछाने श्रावण १८, २०७८
      दमौली । जिल्लाको सदरमुकाम दमौली बजारभरि चहलपहल बाक्लो छ । चोक-चोकमा मानिसको भीडभाड उस्तै छ । बैंकलगायत वित्तीय संस्थाको बाहिर जात्राझैं लाग्ने…
    • पोखरा विमानस्थलको म्याद १ वर्ष लम्बियो

      प्रकाश ढकाल श्रावण १८, २०७८
      पोखरा । निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण अवधि थपिएको छ । नागरिक उड्ययन प्राधिकरणले १ वर्ष म्याद थपेको हो…
    • सकिनै आट्यो रोपाइँ

      धनबहादुर गुरुङ श्रावण १७, २०७८
      पोखरा । मानो खाएर मुरी उब्जाउने महिना सकिएर साउनको दोस्रो साता सुरु हुँदा गण्डकी प्रदेशमा रोपाइँ सकिनै आँटेको छ ।…
    • थप २ हजार ५६८ मा सङ्क्रमण

      रासस श्रावण १७, २०७८
      काठमाडौं । पछिल्लो २४ घण्टामा १२ हजार ६३६ मा नमूना परीक्षण गर्दा देशभर दुुई हजार ५६८ मा सङ्क्रमण पुष्टि भएको…
    • विस्तारै उठ्दैछ कोरोनाले थलिएको पोखरा

      रासस श्रावण १७, २०७८
      गण्डकी । झण्डै दुई वर्षयता कोरोना कहरका कारण पर्यटकीय नगरी पोखरामा व्यवसाय ठप्प छ । व्यवसाय ठप्प भएसँगै यस क्षेत्रमा…

    hero news full width

    Gandaki University

    sanil ads

    wordlink ads