कास्कीमा जेठ ३१ सम्म निषेधाज्ञा थपियो

आदर्श समाज सम्वाददाता
जेठ २०, २०७८
cdo kaski

पोखरा, २० जेठ । कास्कीमा निषेधाज्ञा अवधि थप भएको छ । जिल्ला प्रशासन कार्यालयले जेठ ३१ सम्मका लागि हाल कायम आदेशका सम्पूर्ण बुँदा यथावत राख्दै निरन्तरता दिएको हो । अब निषेधाज्ञा जेठ ३१ गते राति १२ बजेसम्म कायम रहने छ । अघिल्लो आदेश जेठ २१ गते राति १२ बजे सकिँदै थियो ।

पछिल्ला दिनमा देखिएको कोरोना संक्रमण दर, प्रवृत्ति, मृत्युदर विश्लेषण समेतका आधारमा आदेशलाई निरन्तरता दिँदै स्थितिलाई नियन्त्रण लिन बिहीबार बसेको जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको निर्णयका आधारमा प्रजिअ थानेश्वर गौतमले निषेधाज्ञा अवधि बढाएको बताएका छन् ।

आदेशको पालना नगर्नेलाई संक्रामक रोग ऐन, २०२०, स्थानीय प्रशासन ऐन, २०२८ तथा कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम कारबाही हुने चेतावनी दिइएको छ।

Related News

सम्बन्धित समाचार

    • अन्नपूर्णको बजेट ४२ करोड ३० लाख

      साधन राम्जाली असार ८, २०७८
      म्याग्दी  । अन्नपूर्ण गाउँपालिकाको आगामी आव २०७८/०७९ को लागि प्रस्तुत नीति, कार्यक्रम तथा बजेट पारित भएको छ । गाउँपालिका अध्यक्ष…
    • २० मन्त्री पदमुक्त

      आदर्श समाज सम्वाददाता असार ८, २०७८
      पोखरा । सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारको निर्णय गरिदिएको छ । योसँगै प्रतितिनि सभा विघटन पछि प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त…
    • गण्डकीमा कोरोना फ्रन्टियर सर्वोत्कृष्ट सेवा पुरस्कार   

      आदर्श समाज सम्वाददाता असार ८, २०७८
      गण्डकी ।  गण्डकी प्रदेशमा कोरोना नियन्त्रणका लागि अग्रङ्ंक्तिमा रही उत्कृष्ट सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीहरूलाई “कोरोना फ्रन्टियर सर्वोत्कृष्ट सेवा पुरस्कार” को…
    • कास्कीमा साढे ५७ हजारले लगाए कोरोना खोप

      धनबहादुर गुरुङ असार ८, २०७८
      पोखरा । कास्कीमा करिब साढे ५७ हजार जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालय कास्कीका अनुसार जिल्लामा कुल ५७ हजार…
    • संक्रमित खोज्न वडा तहमा एन्टिजेन

      सविन लामिछाने असार ७, २०७८
      दमौली । शुक्लागण्डकी ७ का ३५ वर्षीय पुरुषले वडास्तरमा खटिएको स्वास्थ्यकर्मीको टोलीसमक्ष स्वाब दिए । एन्टिजेनमार्फत गरिएको परीक्षणमा रिपोर्ट भने…

    hero news full width

    sanil ads

    wordlink ads