सांसदबाट निस्कासित भएपछि कृष्ण थापाले भनेः इतिहासमा अनौठो मजाक भयो

आदर्श समाज सम्वाददाता
जेठ २०, २०७८
krishna thapa

पोखरा । राष्ट्रिय जनमोर्चाबाट निर्वाचित सांसद कृष्ण थापालाई पार्टीको ह्विप विपरित काम गरेको भन्दै पार्टीले कारबाही गरेको छ । उनको सांसद पद अब छैन ।

पार्टीबाट निस्कासित भएपछि थापाले कांग्रेसको सरकार बनाउन सहयोग नगर्दा पार्टीले कारबाही गरेको प्रतिक्रिया दिएका छन् ।

‘आहा आहा हामी कम्युनिस्ट । जीवनमा धेरै हारको सामाना गरियो, ५ दलीय गठबन्धनको आक्रमणको हारले पनि कुनै तात्विक अन्तर पार्ने छैन,’ उनले फेसबुक स्टाटस लेख्दै भने, ‘यो हार अलि रमाइलो प्रकारको पनि भयो । कांग्रेसको सरकार नबनाउदा आफनो सांसद खारेज गर्नु इतिहासमा अनौठो मजाक भयो । इतिहासले अवश्य मूल्यांकन गर्ने छ ।’

सांसद थापाले आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग माफी मागेका छन् । ‘बागलुङ १ (ख) का सम्पूर्ण जनतामा तपाईंहरुको अभिमत विपरीत जान सकिनँ,’ उनले लेखे, ‘हजुरहरुको अभिमतलाई हार्दिक हार्दिक अभिवादन ।’ थापाले पार्टीको ह्विप विपरीत पृथ्वीसुब्बा गुरुङ सरकारलाई सघाउने सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

उनकाे पद बिहीबार गएकाे हाे ।

Related News

सम्बन्धित समाचार

hero news full width