पत्रकार महासंघको आपतकालीन कोष

आदर्श समाज सम्वाददाता
जेठ २०, २०७८
mygdi apatkalin kosh sthapan (1)

म्याग्दी  । नेपाल पत्रकार महासंघ म्याग्दीले ‘आपतकालीन कोष’ स्थापना गरेको छ । शाखा अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा बुधबार बसेको बैठकले प्राकृतिक प्रकोप, दुर्घटना, महामारी र जटिल रोगबाट प्रभावित पत्रकारलाई सघाउने उद्देश्यले कोष स्थापना गर्ने निर्णय गरेको हो ।

पहिलो दिनमै बैठकमा सहभागी महासंघका पदाधिकारी, सदस्य र सल्लाहकारबाट कोषमा १ लाख रुपैयाँभन्दा बढी सहयोग प्राप्त भएको कोषाध्यक्ष अमित विश्वकर्माले जानकारी दिए । ‘पत्रकारका लागि पत्रकारकै सहभागितामा कोष स्थापना गरिएको हो,’ शाखा अध्यक्ष पौडेलले भने, ‘कोषको रकम बढाउदै लैजाने र ब्याजबाट आवश्यकता आधारमा कार्यविधि अनुसार सहयोग गर्छौ ।’

कोष परिचालन र सञ्चालनसम्बन्धी कार्यविधि तयार पार्न शाखा सचिव सन्तोष गौतम, सहसचिव प्रमोद शर्मा र सदस्य सुदर्शनकुमार श्रेष्ठलाई जिम्मेवारी तोकिएको छ । आगामी बैठकमा कार्यविधिको मस्यौदा पेस गरिने सचिव गौतमले बताए ।

विपद्, दुर्घटना, महामारी र जटिल रोगबाट प्रभावित हुने पत्रकारलाई आकस्मिक रुपमा विशेषगरी स्वास्थ्य उपचारमा सहयोग गर्ने उद्देश्यले कोष स्थापना गरिएको अध्यक्ष पौडेलले बताए ।

महासंघ म्याग्दी शाखामा ६२ सदस्य छन् । शाखाका उपाध्यक्ष हरिकृष्ण गौतमले नयाँ कार्यसमितिको अल्पकालीन र दीर्घकालिन कार्ययोजना अनुसार पहिलो चरणमा आपतकालीन कोष स्थापना भएको बताए ।बेनीमा

मिडिया सेन्टर सञ्चालनको तयारी गरेको महासंघले बेनी नगरपालिकाले भाडामा उपलब्ध गराएको ४ आना जग्गामा भवन निर्माणका लागि आर्थिक स्रोत जुटाउन प्रक्रिया अघि बढाएको छ । पत्रकारको पेसागत सुरक्षा, क्षमता र सीप विकासका लागि तालिम सञ्चालन, हितकोष स्थापना र पत्रकारिता पुरस्कारको अक्षषकोष बनाउने योजना पनि महासंघको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width