कर छुट र जरिवाना मिनाहाको माग

आदर्श समाज सम्वाददाता
जेठ २०, २०७८
CCI syangja

स्याङ्जा । जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाले कोभिड १९ अवधिमा लाग्ने कर छुट र जरिवाना मिनाहाको माग गरेको छ । संघका सचिव मित्रबन्धु पोखरेलले जिल्ला प्रशासन कार्यालय स्याङ्जाका प्रशासकीय अधिकृत उज्वल बस्नेतलाई उक्त मागपत्र बुझाएका छन् । मागपत्र बुझ्दै अधिकृत बस्नेतले तत्काल सरोकारवाला निकायलाई जानकारी गराउने बताए ।

निषेधाज्ञाले व्यवसायीको आर्थिक अवस्था दयनीय रहेको जनाउँदै यस अवधिमा लाग्ने कर छुटका लागि तीनै तहका सरकारसँंग संघले माग गरेको छ ।

संघीय सरकार, प्रदेश सरकार, जिल्ला समन्वय समिति र स्थानीय सरकारलाई बुझाउनुपर्ने कर छुट गरी जरिवाना मिनाहा गर्न विषयगत मन्त्रालय र तीनै तहका सरकारसँग मागपत्रमार्फत संघका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले आग्रह गरेका छन् ।

‘कोरोनाको पहिलो लहरमै आक्रान्त बनेका व्यवसायी दोस्रो लहरमा थला परेका छन्,’ अध्यक्ष श्रेष्ठद्वारा विज्ञप्तिमा भनिएको छ, ‘कोरोना अवधिको व्यवसाय करमा छुट र जरिवानामा मिनाहा भएमा व्यवसायीको पीडामा मलम लगाएको अनुभूति हुने थियो ।’

स्थानीय सरकारले आर्थिक वर्ष ०७७/७८ को स्थानीय व्यवसाय कर मिनाहा गरी खोप लगाउन पाउने अधिकारलाई सुनिश्चित गरिदिन सरकार, राष्ट्र बैंक, अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलगायत सरोकारवाला निकायसँग पहल गरिदिन माग गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width