नाममात्रैको महानगरः जीर्ण काठेपोल,खाल्डाखुल्डी सडक

श्रीभद्र पौडेल
जेठ २०, २०७८
hemja shree

हेमजा । महानगर भनिने तर सेवा सुविधाका हिसाबले गाउँपालिकाभन्दा पनि निकै तल्लो अवस्था । सडकबीचमा ठूला ठूला भड्खाला, १५ वर्ष अघि गाडिएका जीर्ण काठे पोल ।

यो परिचय रातारात ठेगाना परिवर्तन भएर हाल महानगर बनेको पोखरा ५ पस्र्याङ नजिकैको ग्यारजाती (साविक सराङकोट ६) स्थित चौर गाउँको हो । न त त्यहाँका जनताले महानगरबासी भएको महसुस गर्दछन् । न त पोखराको मुख्य बजार नजिकै भएर पनि चुनावपछि जनप्रतिनिधि फर्किन भ्याउँछन् ।

एकपटक फर्केरसम्म नजाने जनप्रतिनिधिले कुहिएर ढल्न लागेका काठे पोल फेरिदेलान् भनेर सोच्नु मुर्खताबाहेक केही नहुने चौरमा टंकप्रसाद अधिकारी बताउँछन् ।

ढिकुरपोखरीको सेराचौरबाट यहाँ आएको पनि ६ वर्ष बित्न लाग्यो, विकास निर्माण भन्ने कुरा त परको भयो नै, जीर्ण अवस्थाका पोलसम्म फेर्न सकिएन, पोल फेर्न पनि राजनीतिक आवरण चाहिने रैछ कि? उनले गुनासो पोखे ।

यतिबेला चौर गाउँका ३ काठे पोल निकै जीर्ण अवस्थामा छन् ।त्यसका साथै चौरदेखि मेथलाङतर्फका ५ काठे पोल पनि लगभग भाँचिने अवस्थामा पुगेका छन् ।

चौरमा कुल ७ घर छन् । त्यसका साथै विभिन्न ६ फार्मसमेत त्यहाँ सञ्चालनमा छन् । त्यहाँका स्थानीयले विद्युत् पोलका अलावा १ घर १ धारा अन्तर्गतको खानेपानी र कम्तीमा ग्राभेल सडक मागसमेत गरेका छन् ।

विकास निर्माणको हिसाबले आफूहरु पोखरा महानगरपालिकाबासी हौं भन्ने कुनै आधार नभएको उनीहरुको ठहर छ । नत हाम्रो ठाउँमा सहजै गाडी हिँड्ने बाटो नै बनेको छ । नत खानेपानीको सहज प्रबन्ध नै। छन् त केवल बिजुलीका लागि कुहिएका काठेपोल । संघीयता आएपछि देशमा विकास निर्माण राम्रै हुन्छ भन्ने लागेका थियो तर ठीक उल्टो भयो,’ चौरका दलबहादुर क्षत्री भन्छन्, ‘महानगरमै बजार नजिकै भएर पनि दुर्गम गाउँभन्दा पनि विकटको जस्तो भइएको छ ।’

Related News

सम्बन्धित समाचार

    • पोखरा महानगरको बजेट ६ अर्ब २७ कराेड- पूर्णपाठसहित

      आदर्श समाज सम्वाददाता असार १०, २०७८
      पाेखरा । पोखरा महानगरले आगामी आर्थिक वर्षका लागि ६ अर्ब २७ करोड ७५ लाख रुपैयाँको बजेट ल्याएको छ । चालु…
    • संक्रामक अस्पतालमा छिट्टै अक्सिजन प्लान्ट

      आदर्श समाज सम्वाददाता असार १०, २०७८
      पोखरा । गण्डकी प्रदेश मातहतको संक्रामक तथा सरुवा रोग अस्पतालमा अक्सिजन प्लान्ट स्थापना हुने भएको छ । पुरी फाउन्डेसन बेल्जियमको…
    • वेष्ट फाइनान्सको सोलार प्यानल सहयोग

      आदर्श समाज सम्वाददाता असार १०, २०७८
      पोखरा । वेष्ट फाइनान्स कम्पनीले सिन्धुपाल्चोकको हेलम्वुबासीलाई ४८ थान सोलार प्यानल सहयोग गरेको छ । मेलम्चीमा आएको बाढीले पर्‍याएको क्षतिले…
    • जनप्रियलाई कृषि विकास बैंकको सहयोग

      आदर्श समाज सम्वाददाता असार १०, २०७८
      पोखरा । कृषि विकास बैंकले जनप्रिय बहुमुखी क्याम्पसलाई शैक्षिक सामग्री, कम्प्युटर तथा प्रोजेक्टर हस्तान्तरण गरेको छ । बैंकको गण्डकी प्रदेश…
    • ‘खोप नदिए ग्यास दिन्नौं’

      आदर्श समाज सम्वाददाता असार १०, २०७८
      पोखरा । आफूहरुको लागि कोरोनाविरुद्धको खोप प्राथमिकतामा नराखेको भन्दै ग्यास विक्रेता आन्दोलित भएका छन् । उनीहरुले बिहीबारदेखि खाना पकाउने एलपी ग्यास…

    hero news full width

    sanil ads

    wordlink ads