दुर्घटनामा १ जनाको निधन

आदर्श समाज सम्वाददाता
जेठ २०, २०७८
noida_road_accident

कावासोती । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ४ सर्दी पाखापानीमा बुधबार साँझ भएको सवारी दुर्घटनामा १ जनाको निधन भएको छ ।

नवलपुर प्रहरीका अनुसार उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको लु ५५ प ९८८९ नम्बरको मोटरसाइकलको ठक्करबाट १ जना साइकल यात्रीको घटना स्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार दुई जना समेत सामान्य घाइते भएका छन् ।

दुर्घटनामा परी पाल्पा माछागढी निवासी २७ बर्षीय हर्कबहादुर डिस्वा मगरको निधन भएको हो ।

त्यसैगरी मोटरसाइकल चालक विनयी त्रिवेणी गाउँपालिका सर्दी निवासी २७ बर्षीय कपिल भुसाल र मोटरसाइकलमा सवार २८ बर्षीय सागर भुसाल सामान्य घाइते भएका हुन् । मोटरसाइकल र मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width