मन्त्रालय सम्पर्कमा छैनन् परिषद् उपाध्यक्ष

धनबहादुर गुरुङ
जेठ २०, २०७८
Narayan Pun

पोखरा । गण्डकी प्रदेशमा सत्ताको खेल भइरहँदा यतिखेर चर्चामा छ, युवा तथा खेलकुद मन्त्रालय । मन्त्रालयभन्दा बढी ‘हिट’ भए मन्त्री राजीव गुरुङ (दीपक मनाङे) । मन्त्रालयको जिम्मा सम्हालेदेखि नै उनी युवा तथा खेलकुदको क्षेत्रमा डटेर काम गर्ने बताउँदै आएका छन् ।

नवनियुक्त मन्त्री गुरुङ खेलाडी र खेल क्षेत्रमा काम गरिरहेकाले पनि उनको रोजाइमा खेलकुद मन्त्रालय नै थियो । मन्त्री नियुक्तपछि उनको प्रतिक्रिया नै ‘रोजाइको मन्त्रालय पाएँ,’ भन्ने थियो । उनको नियुक्तिको डेढ महिनाअघि गण्डकी खेलकुद परिषद् सदस्यसचिवमा तेज गुरुङ नियुक्त भइसकेका थिए भने नियुक्तिको २ दिनअघि प्रदेश खेलकुद विकास नियमावली, २०७८ राजपत्रमा प्रकाशित भएको थियो । साथै परिषद्ले पूर्णता पाइसकेको थियो । तर काम गर्ने बेलामा परिषद्का सबै पदाधिकारी नदेख्दा मन्त्री गुरुङ दिक्क छन् । खासगरि परिषद् उपाध्यक्ष म्याग्दीका नारायण पुनलाई ५ वैशाखमा नियुक्त गरिएको थियो । प्रदेशमा बजेटको तयारी हुँदैछ । युवा तथा खेलकुद मन्त्री गुरुङ योजना बनाउने काममै व्यस्त छन् । उनलाई सदस्य सचिवको त राम्रो साथ छ । तर उनले अहिलेसम्म परिषद् उपाध्यक्ष नदेखेको बताउँछन् ।

प्रदेशमा खेलकुद परिषद् गठन भएपछि खेलकुद क्षेत्रले विकासको फड्को मार्ने धेरैले अनुमान गरेका थिए । तर नियुक्तिमा पुरानै खेलकुदको वेथिति दोहोरियो । प्रदेश खेलकुलमा पदाधिकारी नियुक्ति गर्ने बेलामा खेल क्षेत्रमा लागेको व्यक्तिहरुको सामाजिक सञ्जालको स्टाटस पोस्टले त्यसलाई पुष्टि गथ्र्यो । तर तत्कालीन सामाजिक विकास मन्त्री नरदेवी पुनको गृहजिल्ला म्याग्दीकै वासिन्दा नारायण पुन कहाँ छन् भन्नेमै मन्त्रालय बेखबर छ ।

‘हामी मन्त्रालयमा आएपछि उपाध्यक्ष भन्ने मान्छे को हो भनेर हामीले चिनेका पनि छैनौं,’ मन्त्रालयकै एक कर्मचारी भने, ‘जो हामीसँग यति बेलासँगै हुनुपथ्र्यो, मन्त्रालयलाई कसरी राम्रो बनाउनेदेखि बजेट र नीतिगत कुरामा सपोर्ट चाहिने हो तर सदस्यसचिव मात्र कुदिरहेका छन् ।’

सपथ खाएको पनि थाहा नभएको र उनलाई कसरी नियुक्त गर्‍यो भन्ने विषयमा मन्त्री नै अनविज्ञ रहेको उनले बताए । ‘उता भएको मान्छे नियुक्ति गर्ने, सपथै खाएको छैन,’ उनले भने, ‘अब त बजेट चाहियो नि, सदस्यसचिव र उपाध्यक्ष त मन्त्रालयमा हुनुपर्ने हो ।’ यसले गर्दा परिषद्को भूमिका नदेखिएको उनले बताए । उपाध्यक्ष नै नभएपछि मन्त्रालयमा नै अन्यौलता छाएको र अप्ठेरो परेको उनको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width