गण्डकीमा १ हजार ३७२ जनाले कोरोना जिते

आदर्श समाज सम्वाददाता
जेठ १९, २०७८
Corona Banner

पोखरा। गण्डकी प्रदेशमा १ हजार ३ सय ७२ जनाले कोराना जितेका छन् । बुधबार ८ सय ३८ मा संक्रमण हुँदा १ भन्दा बढी निको भएका हुन् । गण्डकी प्रदेशमा कोरोना निको हुनेहरु दिनानुदिन बढेका छन् । प्रदेशमा मंगलबार ६ सय ८८ जनाले कारोना जितेका थिए । सोमबार ९ सय ५९ जना कोरोना मुक्त भएका थिए । भने ८ सय ४२ संक्रमित भएका हुन् । आइतबार ५ सय ४० संक्रमित हुँदा ८ सय ५९ जनाले कोरोना जितेका थिए । योसँगै प्रदेशमा कोरोना जित्नको संख्या ३३ हजार २५१ पुगेका छन् ।

प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ७ सय ७ पुगेको छ

पछिल्लो २४ घण्टामा प्रदेशमा २ हजार २४६ जनाको नमुना परीक्षण गरिएकोमा थप ८ सय ३८ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत् निर्देशनालयले उल्लेख गरेको छ । मनाङ र मुस्ताङमा कुनै पनि संक्रमित नहुँदा कास्कीका १ सय ५१ सहित म्याग्दीका ३६ र स्याङ्जाका १ सय ३३ जनामा कोरोना पोजेटिभ भेटिएको हो । यसैगरि बागलुङका १ सय १२, पर्वतका ३४, तनहुँका ५५, गोरखाका १ सय २७, लमजुङका ७३, नवलपुरका १ सय १७ गरी प्रदेशका ९ जिल्लामा ४ सय २३ पुरुष तथा ४ सय १५ जना महिलामा कोरोना पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ४३ हजार ८ सय ३५ पुगेको छ

पोखराका अस्पतालहरुमा उपचाररत ५ जनासहित गण्डकी प्रदेशका थप १३ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । निर्देशनालयका अनुसार प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ७ सय ७ पुगेको छ । मृतकहरु कास्की जिल्लाका ४ जना, तनहुँ जिल्लाका २ जना, स्याङ्जा जिल्लाका ३ जना, लमजुङ जिल्लाका २ जना र गोरखा जिल्लाका जिल्लाका २ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

गण्डकीमा कोभिड १९ प्रतिकार्य समूह परिचालन

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले कोरोना परिक्षण तथा ब्यबस्थापनका लागि ३ टोली परिचालन गरेको छ ।

विभिन्न जिल्ला हेर्नेगरी ३ समूह बनाएर कार्यक्षेत्रमा परिचालन गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । निर्देशक डा. शर्माको अध्यक्षतामा समुदायस्तरमा कोरोना परीक्षण तथा व्यवस्थापनका लागि जाने टोलीमा विशेषज्ञसहित नर्स, जनस्वास्थ्य र ल्याबकर्मी रहनेछन् । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कार्यक्रम सञ्चालन गर्नका लागि ३ वटा समूह परिचालन गरिएको डा. शर्माले बताए । मन्त्रालयका सचिव विनोदबहादुर कुँवरले बुधबार कार्य क्षेत्रमा प्रस्थान गरेका समूहलाई कार्य सफलताको शुभकामना समेत दिएका थिए । डा. शर्माले कार्यस्थलमा गर्नुपर्ने क्रियाकलाप, भूमिका तथा जिम्मेवारीको बारेमा सुुझाएका थिए ।

टोलीमा स्वास्थ्य तालिम केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक रमेशप्रसाद अधिकारीको संयोजकत्वमा एउटा टोली पबवत, बागलुङ, म्याग्दी र मुस्ताङ जिल्ला हेर्नेगरी गएको छ । स्वास्थ्य निर्देशनालयका कम्युनिटी मेडिसिन डा. ज्योति रानाभाटको संयोजकत्वको टोलीले कास्की, स्याङ्जा र तनहुँ जिल्ला हेर्नेछ । भने जिपी कोइराला राष्ट्रिय स्वाशप्रश्वास उपचार केन्द्रका डा. परिवर्तन बरालको संयोजकत्वमा रहेको समूहले लमजुङ, गोरखा, मनाङ र नवलपुर जिल्लामा कोरोनाका बिरामी हर्नेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width