तान्डवका सम्पादक गिरीलाई धम्कीको निन्दा

आदर्श समाज सम्वाददाता
जेठ १९, २०७८
arjun giri

पाेखरा । प्रकाशित समाचारको विषयलाई लिएर ताण्डव न्युज डटकमका सम्पादक अर्जुन गिरीलाई धम्की दिइएकोप्रति नेपाल पत्रकार महासंघ कास्कीले गम्भिर ध्यानाकर्षण जनाएको छ । जेठ १६ गते ताण्डव न्युज डटकममा प्रकाशित ‘नुभिव काण्डमा नयाँ मोडः फेवातालमा हामफालेको फुटेज अदालतमा पेस १’ समाचारलाई लिएर आइतबार राति साढे ९ बजे फोनमार्फत अज्ञात व्यक्तिले सम्पादक अर्जुन गिरीलाई धम्की दिएका थिए ।

महासंघ कास्कीका सचिव माधव बरालले विज्ञप्ति जारी गर्दै धम्क्याएको घटनाको भत्र्सना एवं निन्दा गरेका छन् ।

‘नेपाल पत्रकार महासंघ कास्कीका सदस्य तथा ताण्डव न्युज डटकमका सम्पादक अर्जुन गिरीलाई समाचार लेखेको विषयलाई लिएर फोनबाट धम्की दिइएकोप्रति नेपाल पत्रकार महासंघ कास्कीको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

सम्पादक गिरीलाई ९८४००३८७३२ बाट नेपाल पत्रकार महासंघका पूर्व महासचिव तथा वर्तमान वरिष्ठ उपाध्यक्ष रमेश विष्टको नाममा फोन गरी धम्क्याइएको थियो । ‘म पत्रकार महासंघको पूर्व महासचिव रमेश विष्ट हुँ, पत्रकारिता कहाँ सिकेको हो’ भन्दै उक्त व्यक्तिले नुभिवको समाचार तुरुन्त डिलेट गर्न धम्की दिएका थिए । फोन संवादकैक्रममा उक्त व्यक्तिले समाचार तुरुन्ट नहटाए नराम्रो कारबाही गर्ने चेतावनी दिएका थिए । तर फाेन गर्ने व्यक्ति रमेश विष्ट भने हाेइनन्। उनकाे नाम मात्र प्रयाेग गरिएकाे हाे ,

महासंघले सम्पादक गिरीलाई धम्क्याउने व्यक्तिको तत्काल पहिचान गरी कानुनी कारबाही गर्न कास्की प्रशासनलाई अनुरोध समेत गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width