गण्डकी प्रदेश चेम्वरको सहयोग

आदर्श समाज सम्वाददाता
जेठ १९, २०७८
gandaki chamber News

पोखरा । गण्डकी प्रदेश चेम्बर अफ कमर्सले नागरिकको स्वास्थ्यलाई हितमा राखी स्वास्थ्य सामग्री सहयोग गरेको छ । संस्थाले जिल्ला प्रशासन कार्यालय कास्कीलाई १ सय थान पिपिई र ४ हजार हजार थान मास्क हस्तान्तरण गरेको हो ।

प्रदेश राजधानी पोखरामा स्वास्थ्य उपचारमा सबै जिल्लाबाट बिरामी आउने हुँदा आमनागरिकको जीवनरक्षामा सेवा दिइरहेका स्वास्थ्यकर्मी र सेना प्रहरीको मनोवल बढाउन सहयोग गरिएको संस्थाका अध्यक्ष किसान सुनारले जानकारी दिए ।

संस्थाले प्रदेशभरि अक्सिजनको अभाव मध्यनजर गर्दै जिल्ला चेम्बरहरुको सहयोगमा सबै जिल्लामा अक्सिजन आपूर्तिमा समेत समन्वय गरिरहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width