चोरीमा संलग्न २ पक्राउ

आदर्श समाज सम्वाददाता
जेठ १९, २०७८
chori~nawalpur

नवलपरासी । नवलपुर प्रहरीले कावासोतीमा श्रृंखलाबद्ध चोरीका घटनामा संलग्न २ जनालाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ ।

मंगलबार जिल्ला प्रहरी कार्यालय नवलपुरमा पत्रकार सम्मेलन गरी प्रहरीले कावासोती १ का २७ वर्षीय कृष्णबहादुर परियार र देवचुली १६ का ३९ वर्षीय मोटे हरि भन्ने हरिजन दर्जीलाई सार्वजनिक गरेको हो । यस्तै १ जना फरार रहेको

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले बताए ।

प्रहरीले पक्राउ परेकाहरुसँग सुनचाँदी, टेलिभिजन, भाँडाकुँडा, खाद्य सामग्री, मोबाइल सेट, चोरीको बेला प्रयोग गर्ने हतियार समेत बरामद गरेको छ ।

उनीहरुले बैशाख २३ देखि जेठ १५ सम्म विभिन्न ५ घरमा चोरी गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

घरमा कोही नभएको अवस्थामा उनीहरुले चोरी गर्ने गरेको पाइएको पत्रकार सम्मेलनमा बताइयो ।

५ घरबाट करिब १३ लाख बराबरको धनमा चोरी भए पनि प्रहरीले ६ लाख बराबरको धनमाल मात्र बरामद गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width