बागलुङमा एकजना काेराेना संक्रमितको मृत्यु

आदर्श समाज सम्वाददाता
जेठ १८, २०७८
corona death (1)

फाइल तस्बिर

बागलुङ । कोरोना संक्रमणबाट बागलुङमा थप एक जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका वडा नम्बर वडा नम्बर १ की ७० वर्षीया महिला संक्रमितको मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या भएपछि जेठ एक गते धौलागिरी अस्पताल बागलुङमा भर्ना भएकी उनको साेमबार राति १२ : २५ मा मृत्यु भएको स्वास्थ्य कार्यालयका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले बताए ।

योसँगै बागलुङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width