Worldlink ads

कांग्रेसको अन्तर्राष्ट्रिय शाखाबाट कोरोना पीडितलाई २१ लाख सहयोग   

आदर्श समाज सम्वाददाता
जेठ १८, २०७८
Congress Flag

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान अन्तर्राष्ट्रिय शाखाले नेपालमा कोभिड दोस्रो लहरको असहज परिस्थितिमा राहत सङ्कलन गरेर वितरण गर्न थालेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयमार्फत धनुषा, बाग्लुङ र डढेल्धुरामा सहयोग गर्ने निर्णय गरिएको छ । ती जिल्लामा गरिने सामग्री तथा सहयोग तथा संरचनाको छिट्टै जानकारी गराइने शाखाका जापान संयोजक डा बलराम श्रेष्ठले जानकारी दिनुभयो ।

जापानबाट महेश श्रेष्ठले रु एक लाख, डा बलराम श्रेष्ठले रु ८० हजार, कृष्णप्रसाद भण्डारीेले रु १० हजार, भेषनारायण श्रेष्ठले रु १० हजार र शङ्करप्रसाद न्यौपानेले रु १० हजार गरी रु दुई लाख १० हजार पहिलो चरणमा ती जिल्लामा पठाइसकिएको छ ।

जापानबाट अरु करिब रु दुई लाख सहयोगको प्रतिबद्धता भएको छ । अन्य देशबाट रु १८ लाख जम्मा भएको उहाँले बताउनुभयो । हालसम्म अन्य देशबाट समेत गरी रु २१ लाखको सहयोग जुटाउन लागिएको छ । प्रत्येक जिल्लालाई रु सात लाखका दरले सहयोग दिने गरी काम भइरहेको शाखाले जनाएको छ ।

जम्मा भएको सहयोग रकम बैंकमार्फत् पठाइएको छ । सहयोग गर्न चाहनेलाई सम्पर्क गर्न पनि शाखाले सार्वजनिक आह्वान गरेको छ । जम्मा हुने सहयोग बैंकमार्फत नै पठाइने जापान शाखा संयोजक श्रेष्ठले बताउनुभयो । प्राप्त सहयोग कांग्रेसका सम्बन्धित जिल्ला कार्य समितिमार्फत कोरोना सङ्क्रमित भई जीवन मरणका लागि लडिरहेका नागरिकलाई स्वास्थ्य सामग्री जुटाउन उपयोग गरिने जनाइएको छ ।   रासस

Related News

सम्बन्धित समाचार

    • बगैंचा टोल विकासमा मीना

      आदर्श समाज संवाददाता भाद्र ३०, २०७८
      पोखरा । बगैंचा टोल विकास संस्था पोखरा ६, बैदामको अध्यक्षमा पुन मीना ढकाल चयन भएकी छन् । संस्थाको बुधबार सम्पन्न…
    • भवानी आमा समूहमा समीक्षा

      आदर्श समाज संवाददाता भाद्र ३०, २०७८
      पोखरा । पोखरा ८ कुँवरटोलस्थित भवानी आमा समूहको दशौं साधारणसभा तथा छैटौं अधिवेशन बुधबार भएको छ । पोखरा ८ का…
    • निजामती सेवा दिवसमा कुस्मामा निबन्ध प्रतियोगिता

      आदर्श समाज संवाददाता भाद्र २२, २०७८
      पर्वत । निजामती सेवा दिवश २०७८ को अवसरमा पर्वतमा आयोजित निबन्ध प्रतियोगिताका बिजेताहरुलाई पुरस्कार बितरण गरिएको छ । व्यवसायीक तथा…
    • सेप्टेम्बर १० देखि नेपाल भ्लग च्यालेन्ज हुने

      आदर्श समाज सम्वाददाता भाद्र २०, २०७८
      पोखरा । नेपाली फिल्ममेकर र भ्लगर खोजी गर्ने उद्देश्यले नेपाल भ्लग च्यालेन्ज आयोजना गरिएको छ । विजेताले आगामी कात्तिक महिनामा…
    • वरिष्ठ अधिवक्ता तिलक आचार्यको निधन

      आदर्श समाज सम्वाददाता श्रावण १५, २०७८
      पोखरा । लामाे समयदेखि पाेखरामा क्रियाशील वरिष्ठ अधिवक्ता तिलकप्रशाद शर्मा आचार्यकाे निधन भएकाे छ । आचार्यकाे बिहीबार राति ८२ वर्षकाे…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads