अर्थविद डा गाेविन्द थापाको निधन

आदर्श समाज सम्वाददाता
जेठ १८, २०७८
govinda thapa
पोखरा । अर्थविद एवं नेकपा (एमाले), अर्थ विभागका सचिव आदरणीय डा. गोविन्दबहादुर थापाको  निधन भएको छ ।
नेपाल राष्ट्र बैंकका पूर्व निर्देशक, नेपालका प्रसिद्ध अर्थशास्त्री, बौद्धिक व्यक्तित्व डा.  थापाको कोरोना (कोभिड१९) का कारण उपचाररत रहेकै अवस्थामा काठमाडाैमा निधन भएको गण्डकीका अर्थमन्त्री किरण गुरुङले फेसबुकमा लेखेका छन् ।
डा‍ थापा पोखराकाे नयाँबजारका स्थायी बासिन्दा हुन् ।
अर्थमन्त्री गुरुङले लेखेका छन्,  यो घटनाले अवाक,स्तब्ध र मर्माहत छु । नेपालको एउटा बौद्धिक व्यक्तित्वको अवसानले अपूरणीय क्षति पुगेको छ र तपाईंका अभाव सदैव खड्किरहनेछ। स्व.गोविन्द थापाप्रति भावपूर्ण श्रद्धाञ्जली एवं शोकाकुल समस्त परिवारजनमा गहिरो समवेदना !!!

Related News

सम्बन्धित समाचार

hero news full width