एनवाइएफ अध्यक्षमा उदीप

आदर्श समाज सम्वाददाता
जेठ १८, २०७८
Udip Shrestah

पोखरा  । नेपाली युवा उद्यमी फोरम (एनवाइएफ) ले १७ औं वार्षिक साधारण सभा गरेको छ । सभाले काठमाडौंका युवाउद्यमी उदीप श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कमिटी चयन गरेको छ ।

मञ्चको प्रथम उपाध्यक्षमा ऋतेश लामिछाने, द्वितीय उपाध्यक्ष साहारा जोशी, महिला उपाध्यक्षमा निभिता प्रधान, च्याप्टरतर्फबाट उपाध्यक्षमा सुमोदमान शैजु, बाह्य मामिला तथा सम्बन्धको प्रमुखमा कुशलसुन्दर श्रेष्ठ, लर्निङ अध्यक्षमा ऋचा श्रेष्ठ र को–लर्निंग रूपमा पवित्र गौतम चुनिए । सदस्यमा सुदीप घिमिरे र कृष्ण सापकोटा छन् ।

यसअघि प्रकाशदेव पालिखे मञ्च अध्यक्ष थिए । अध्यक्षको कार्यकाल १ वर्षको हुनेछ । यस अवसरमा फोरमका निवर्तमान अध्यक्ष पालिखे सहित कार्यसमितिले उनीहरूको पदभार बुझायो ।

सरकारसँग मिलेर युवा उद्यमीलाई प्रोत्साहन गर्ने जनाउँदै अध्यक्षले भने, ‘सरकारले युवा उद्यमीलाई प्रवद्र्धन गर्न नीतिगत तहमा धेरै काम गर्नुपर्ने छ ।’ ग्रुपका कार्यकारी निर्देशक श्रेष्ठले युवा उद्यमीको प्रवद्र्धनमा अहोरात्र खटिने बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width