मजदुरलाई खाद्यान्न वितरण

साधन राम्जाली
जेठ १८, २०७८
majdurlai khadhdhdhanna bitaran (2)

म्याग्दी । कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण रोजीरोटी गुमेका दैनिक ज्यालादारी मजदुरलाई खाद्यान्न वितरण गरिएको छ । क्षत्री समाज म्याग्दीको नेतृत्वमा क्युपेक नेपाल र संगम म्याग्दीले दैनिक ज्याला मजदुरी गरेर जीवन गुजारा चलाउँदै आएका २३ परिवारलाई खाद्यान्न वितरण गरेका हुन् ।

क्षत्री समाज म्याग्दीका सचिव एवं बेनी नगरपालिका ८ का वडा सदस्य हिमबहादुर भण्डारीका अनुसार २३ परिवारलाई ४६ हजार ९५० रुपैयाँ बराबरको चामल, दाल र नुन प्रदान गरिएको हो । क्षत्री समाजले २५ केजीको २३ बोरा चामल, क्युपेक नेपालले २ प्याक तेल र संगम म्याग्दीले २३ केजी दाल सहयोग गरेको उनले बताए ।

लकडाउनका कारण बिहान खाए बेलुकी के खाऊँ, बेलुकी खाए बिहान के खाऊँ भन्ने मजदुरको दैनिक गुजारामा समस्या नहोस् भन्ने अभिप्रायले राहतस्वरुप खाद्य सामग्री प्रदान गरिएको क्षत्री समाजकी अध्यक्ष लक्ष्मीकुमारी केसीले बताइन् ।

बेनी नगरपालिकाकी उपप्रमुख सञ्जु बरुवालले सहयोगप्रति सहयोगदातालाई धन्यवाद व्यक्त गरिन् ।

Related News

सम्बन्धित समाचार

hero news full width