हिमाली सांस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङको निधन

आदर्श समाज सम्वाददाता
जेठ १८, २०७८
menkaji grg

पोखरा ।  हिमाली सांस्कृतिक परिवारका अध्यक्ष एवं  संस्कृतिकर्मी मेनकाजी गुरुङको निधन भएको छ ।

३ साता अघि नै काेराेना संक्रमणबाट मुक्त भए पनि उनमा मुटुको समस्या देखिएको थियो ।  मुटुको उपचारकै क्रममा सोमबार राति फिस्टेल हस्पिटल उनको निधन भएको हो ।

मेनकाजीकी पत्नी  मीना गुरुङको कोरोना संक्रमणकै कारण वैशाख ३० मा निधन भएको थियो । पोखरा नयाँगाउँ बस्दै आएका मेनकाजीका १  छोरा र १ छोरी छन्

Related News

सम्बन्धित समाचार

hero news full width