गण्डकीमा २३ जेठदेखि ओपिडी खुल्ने

आदर्श समाज सम्वाददाता
जेठ १८, २०७८
gandaki_hospital_KTHZ366BCX

पोखरा । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी अस्पताल) मा ओपिडी सेवा सञ्चालनमा आउने भएको छ । अस्पतालले सोमबार सूचना प्रकाशित गरी २३ जेठदेखि स्वास्थ्य मापदण्ड पालना गरी ओपिडी सञ्चालन गर्ने जनाएको छ । कोभिड डेडिकेटेड अस्पताल बनाउने भन्दै ११ जेठदेखि अस्पतालका ओपिडी सेवा बन्द गर्ने निर्णय गरिएको थियो ।

अस्पतालले कोभिड १९ व्यवस्थापनका लागि तोकिएका स्वास्थ्यसम्बन्धी मापदण्ड अनिवार्यरुपमा पालना गरी ओपिडी पूर्ववत सञ्चालन हुने सूचनामार्फत प्रष्ट पारेको छ । सूचनामा बिमा कार्यक्रमलगायत सम्पूर्ण ओपिडी सेवा निर्बाध रुपमा सञ्चालन गरिने उल्लेख गरिएको छ ।

अस्पतालमा आवश्यक अक्सिजनलगायत अत्यावश्यक पूर्वाधारबिनै कोभिड बिरामी राख्न लागिएको भन्दै आलोचना भएको थियो । उक्त अस्पतालमा आउने ओपिडी बिरामी स्वास्थ्य सेवा लिनबाट बञ्चित हुने र निजीमा जान बाध्य हुनेतर्फ प्रश्न उठ्ने गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width