बार्सिलोनामा अगुएरो

आदर्श समाज सम्वाददाता
जेठ १८, २०७८
sergio aguero

पोखरा । अर्जेटाइन फरवार्ड सर्जियो अगुरो बार्सिलोना अनुबन्ध भएका छन् । म्यानचेस्टर सिटीका ३२ वर्षीय पूर्व स्टार २ वर्षका लागि फ्रि ट्रान्सफरमा क्याटलान क्लबसँग जोडिएका हुन् ।

योसँगै बार्सिलोनाका अर्जेटाइन टिममेट लियोनल मेस्सी र अगुरो एउटै क्लबबाट पनि खेल्ने भएका छन् ।

अगुरोको लालिगाका लागि दोश्रो यात्रा हो । लालिगा क्लब एथ्लेटिको मड्रिडमा ५ सिजन विताएर उनी २०११ मा सिटी गएका थिए ।

सिटीमा अगुरोले १० नम्बरको जर्सी लगाउँथे । बार्सिलोनामा यो नम्बर मेस्सीका लागि छ । उनले कति नम्बरको जर्सी पाउँछन् नयाँ सिजन सुरु भएपछि नै निश्चित हुनेछ ।

बार्सिलोनाले उनको रिलिज क्लज १ सय मिलियन युरो तोकेको छ ।

उनले सिटीको भन्द कम पारिश्रमिकमा बार्सिलोनासँग सम्झौता गरेका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width