कोपा अमेरिका ब्राजिलमा हुने, अर्जेन्टिना पछि हट्यो

आदर्श समाज सम्वाददाता
जेठ १८, २०७८
copa

पोखरा । कोभिड १९ को संक्रमणको दर बढेपछि अर्जेन्टिनाले आयोजना गर्न नपाएको दक्षिण अमेरिकाको महादेशीय फुटबल प्रतियोगिता कोपा अमेरिका अब ब्राजिलले आयोजना गर्ने भएको छ। यसअघि अर्जेन्टिनाले आयोजना गर्ने भनिएपनि त्यहा तीव्र रूपमा कोरोना संक्रमित बढेपछि सरकारले प्रतियोगिता आयोजना गर्न नसकिने जनाएपछि ब्राजिलले कोपा अमेरिका आयोजना गर्ने भएको हो।

योभन्दा पनि अघि कोलम्बिया र अर्जेन्टिनाले संयुक्त रुपमा आयोजना गर्ने भनिएको थियो। तर कोलम्बियामा प्रतियोगिता आयोजना गर्ने विषयमा चर्को विरोध भएपछि अर्जेन्टिना एक्लैले आयोजना गर्ने भएको थियो। अन्तमा अर्जेन्टिना पनि आयोजक हुनबाट पछि हटेको छ। पछिल्लो समय ‍अर्जेन्टिनामा दैनिक ३४ हजारको हाराहारीमा कोरोना संक्रमित बढ्न थालेका छन्।

दक्षिण अमेरिकी फुटबल महासंघ कोलमबोलले सोमबार प्रतियोगिता अर्जेन्टिनामा नहुने बताएको थियो। यसअघि प्रतियोगिता नै रद्द गर्ने प्रस्ताव आएपनि कोलमबोलले प्रस्ताव अस्वीकार गरेको थियो। सोमबार उसले ब्राजिलमा प्रतियोगिता हुने सूचना जारी गरेको हो।

प्रतियोगिता ब्राजिलले आयोजना गर्ने भनिएपनि रंगशालाको टुंगो लागिसकेको छैन। पछिल्लो सिजनमा पनि ब्राजिललाई जित्न सजिलो हुने तवरले प्रतियोगिता गरिएको भनेर अर्जेन्टिनाका फरवार्ड लियानेल मेस्सीले भेन्यूको आलोचना गरेका थिए।

यता गएको शनिबार ब्राजिलमा कोभिड १९ को महामारीमा राम्रो व्यवस्थापन गर्न नसकेको भन्दै राष्ट्रपति जैर बोल्सोनारोको आलोचनासहित आन्दोलन भएको थियो।

कोभिडका कारण ब्राजिलमा झन्डै ४ लाख ६० हजारको ज्यान गइसकेको छ। त्यस्तै कोभिड संक्रमण हुनेको संख्या पनि एक करोड ६० लाख नाघिसकेको छ।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width