यो वर्ष एसइई नहुने,  आन्तरिक मूल्यांकनबाटै गर्ने सरकारको निर्णय

आदर्श समाज सम्वाददाता
जेठ १८, २०७८
news of exam

पोखरा । – सरकारले यो वर्षको एसईई आन्तरिक मूल्यांकनबाटै गर्ने निर्णय गरेको छ। सोमबार बालुवाटारस्थित प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले एसईई आन्तरिक मूल्यांकनबाटै गर्ने निर्णय गरेको हो।

कोरोना महामारी बढ्दै गएकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा यस्तो निर्णय गरिएको हो। यसअघि जेठ १३ गतेदेखि एसईई सञ्चालन गर्ने भनिए पनि निषेध आदेशका कारण परीक्षा सञ्चालन हुन सकेको थिएन।

गत वर्ष पनि एसईई आन्तरिक मूल्यांकनबाट गरिएको थियो। गत वर्ष कक्षा ११ मा पनि आन्तरिक मूल्यांकनबाट कक्षा चढाइएको थियो। कक्षा १२ मा भने ४० प्रतिशत भारको लिखित परीक्षा आन्तरिक मूल्यांकनका आधारमा परीक्षा लिइएको थियो।

Related News

सम्बन्धित समाचार

    hero news full width

    Fishtail

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग