लुम्बिनीमा राष्ट्रिय सभा उप निर्वाचन आज :  सत्तापक्षलाई लुम्बिनीमा पनि धक्का !

आदर्श समाज सम्वाददाता
जेठ १७, २०७८
lumbini

पोखरा ।  लुम्बिनी प्रदेशअन्तर्गतको राष्ट्रियसभाको उपनिर्वाचन आज हुँदै छ । उपनिर्वाचनमा एमाले र संयुक्त गठबन्धनबाट गरी दुई जनाको उम्मेदवारी परेको छ।

काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनका तर्फबाट दृगनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्का उम्मेदवार बनेका छन्।

दाङ घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा हुने निर्वाचनको तयारी पूरा भएको आयोगले जनाएको छ।

कोभिड पोजेटिभका लागि छुट्टै मतदानस्थलको व्यवस्था मिलाइएइको छ भने सबै मतदाताले अनिवार्य पीसीआर परीक्षण रिपोर्ट ल्याउनुपर्ने आयोगले जनाएको छ।

बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान समय तोकिएको छ। यस निर्वाचनमा कुल मतदाता ३ सय रहेका छन्।

प्रदेश निर्वाचन कार्यालय लुम्बिनी प्रदेशले सूचना प्रकाशित गर्दै यसअघि सूचीमा नपरेका जसपाबाट मन्त्री रहेका सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, कल्पना पाण्डे र सुमन शर्मालाई पूरक मतदाता नामावलीमा समावेश गर्ने जानकारी दिएको छ।

चारजना सांसदको नामावली समावेश भएसँगै प्रदेश सभाबाट मतदाता ८३ पुगेका छन्। स्थानीय तहका प्रमुख/ उपप्रमुख र अध्यक्ष/उपाध्यक्ष गरी २१७ मतदाता छन्।

२०७६ माघमा १९ जना सांसदको दुई वर्षे पदावधि राष्ट्रिय सभाबाट सकिँदा भएको निर्वाचनमा कांग्रेसले ७ जना सांसद गुमाएको थियो। तत्कालीन समयमा कुल १३ जना सांसदमा सात जना उम्मेदवार नै पराजित हुँदा राष्ट्रिय सभामा कांग्रेस ६ जनामा खुम्चिएको थियो।

विपक्षी दलको साझा उम्मेदवार बनेका कांग्रेसका पाण्डेले जित निकाल्ने देखिएको छ। उनलाई कांग्रेस, माओवादी केन्द्र, जसपा (उपेन्द्र पक्ष),माधव नेपाल पक्ष र जनमोर्चाबाट मत प्राप्त हुने भएको छ। विपक्षी गठबन्धनका पाण्डे स्थानीय तहका मतदाताबाट विजयी हुने निश्चित देखिएको हो।

Related News

सम्बन्धित समाचार

hero news full width