पूर्व राष्ट्रिय खेलाडी तामाङको स्मरण

आदर्श समाज सम्वाददाता
जेठ १७, २०७८
bil tamang (2)

पोखरा । पूर्व राष्ट्रिय खेलाडी एवं सहारा क्लब हङकङका वरिष्ठ उपाध्यक्ष बिल तामाङको १३ औं दिनको पुण्यतिथिमा हङकङमा आइतबार श्रद्धाञ्जली सभा भएको छ ।

सहारा क्लब हङकङ, तामाङ घेदुङ हङकङ, एलजी संगम परिवार हङकङ र नादा समाज हङकङको संयुक्त आयोजनामा भएको श्रद्धाञ्जली सभामा नेपाली फुटबल टिमका पूर्व राष्ट्रिय खेलाडी एवं क्लबका वरिष्ठ उपाध्यक्ष तामाङले खेलकुद र सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको स्मरण गरिएको थियो ।

सहारा क्लब हङकङ अध्यक्ष दीपक गुरुङले तामाङले उनले प्रशिक्षक बनेर देखाउने लक्ष्यका साथ एएफसी ए लेवलको प्रशिक्षण लाइसेन्स लिन नेपाल गएको बेला कोरोना संक्रमणका कारण ज्यान गुमाउनुपरेकोमा आफूहरु निकै मर्माहित भएको बताए । उनले भने, ‘भौतिक रुपमा गुमाए पनि उहाँले देखाएको बाटो अनुशरण गर्दै सामाजिक योगदानको सधैं स्मरण गर्ने छौं ।’

सहारा क्लब हङकङका पूर्व प्रमुख सल्लाहकार तुल्सी गुरुङ, महासचिव कुमार गुरुङले तामाङले खेलकुद तथा सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गरेका थिए ।

सहारा एकेडेमीका पहिलो फुटबल प्रशिक्षक तामाङले फेन्डस्, आरसिटी, जनकपुर चुरोट कारखाना लगायत संस्थाबाट फुटबल खेलेका थिए ।

सहारा क्लब पोखराका आजीवन सदस्य उनी पोखराको संगम टोल निवासी थिए । उनको ४६ वर्षको उमेरमा गत जेठ ४ मा निधन भएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width