शुक्लागण्डकीकाे मुस्ताङ तथा तिब्बेतियन क्याम्पका घरपरिवारलाई खाद्यान्न सहयोग

आदर्श समाज सम्वाददाता
जेठ १६, २०७८
mustang camps

शुक्लागण्डकी । तनहुँको शुक्लागण्डकी नगरपालिका (शुनपा) वडा नम्बर ८ स्थित मुस्ताङ तथा तिब्बेतियन क्याम्पका १ सय ५८ घरपरिवारलाई खाद्यान्न सहयोग गरिएको छ । कोभिड १९ को दोस्रो लहरसँगै मुलुकभर जारी रहेको निषेधाज्ञामा क्याम्पमा आश्रितलाई खाद्यान्नमा अभाव नहोस् भन्ने उद्देश्यले पेमा छाल गुम्बाको आयोजना र जोस्लिन ब्लुमेन्थल अमेरिकाको सहयोगमा खाद्यान्न प्रदान गरिएको हो ।

गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा विष्टले पेमा छाल गुम्बाको आयोजनामा दुईवटै क्याम्पमा आश्रित रहेकाहरुलाई मध्यनजर गरी अमेरिकन संस्था जोस्लिन ब्लुमेन्थलको सहयोगमा खाद्यान्न सामग्री वितरण गर्न पाउँदा निकै खुसी लागेको बताए । संस्थाले गरेको सामाजिक कामको प्रशंसा गर्दै सांसद विष्टले आफ्नो तर्फबाट पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत ब्यक्त गरे ।

तिब्बेतियन क्याम्प शुक्लागण्डकीका प्रमुख टासीले पेमा छाल गुम्बा याम्दी र अमेरिकन संस्था जोस्लिन ब्लुमेन्थलले आफूहरुको क्याम्पमा कोभिडको बेला खाद्यान्न अभावलाई मध्यनजर गरी सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width