अग्रपंक्तिमा खटिनेलाई आयुर्वेद औषधि निशुल्क वितरण

आदर्श समाज सम्वाददाता
जेठ १६, २०७८
Aayurbed Medicine Distribution

पोखरा । कोरोना महामारीविरुद्ध लड्न नेपाल आयुर्वेद औषधि व्यवसायी संघ गण्डकी प्रदेशद्वारा गठित स्वयंसेवक उपसमितिले स्वास्थ्य मन्त्रालय, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको कोभिड–१९ प्रोटोकलअनुसारको औषधि वितरण गरेको छ ।

उपसमिति संयोजक कृष्ण राउतले गण्डकी प्रदेशमा अग्रपंक्तिमा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी र अति विपन्न नागरिकका लागि उक्त आयुर्वेद औषधि निशुल्क वितरण गरिने जानकारी दिए ।

अभियानमार्फत आइतबार नेपाल पत्रकार महासंघ कास्कीमा आबद्ध संक्रमित १२ जना पत्रकारका लागि उक्त औषधि सचिव माधव बराललाई हस्तान्तरण गरिएको छ । रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने गुण भएका गुड्ची चूर्ण, यष्टीमधु चूर्ण, त्रिकटु चूर्णको मिश्रणबाट तयार गरिएको आयुर्वेद औषधि हस्तान्तरण गरिएको हो ।

आयुर्वेद संघको सहयोगप्रति महासंघ कास्कीका सचिव बरालले धन्यवाद प्रकट गरे । पत्रकारहरुको स्वास्थ्य अवस्थालाई ध्यान दिँदै संघले गरेको सहयोगमा उनले प्रशंसा व्यक्त गरेका थिए ।

अभियान अन्तर्गत ११ वटै जिल्लाका संक्रमित भएका पत्रकारहरुलाई उक्त आयुर्वेद औषधि उपलब्ध गराइने जानकारी पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदीलाई भेटमार्फत गराइएको संयोजक राउतले बताए ।

अभियानलाई विस्तार र व्यापक बनाउन उपसमितिले गण्डकीका ११ वटै जिल्लामा आयुर्वेद औषधि वितरण गर्ने लक्ष्य लिएको छ । जसका लागि प्रदेश सरकार, जिल्ला प्रशासन, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, स्थानीय तहमार्फत समन्वय भइरहेको संघका अध्यक्ष राजुकुमार पौडेलले जानकारी दिए ।

प्रदेशका अति विपन्न नागरिकहरुलाई औषधि वितरणका लागि सम्बन्धित स्थानीय तहको वडाबाट सिफारिस/जानकारी अनुसार स्वयंसेवक टोलीले औषधि संक्रमितकै हातहातमा पु¥याइने अध्यक्ष पौडेलले बताए ।

साथै, संक्रमितहरुको स्वास्थ्य अवस्था र मनोबल मजबुद बनाउनका लागि स्वास्थ्य परामर्श सेवासमेत सञ्चालन गर्ने भएको छ । प्रदेश संघका सचिवसमेत रहेका डा दीपक भुसालको संयोजकत्वमा गठित आयुर्वेद चिकित्सकीय परामर्श सेवा उपसमितिले उक्त सेवा सञ्चालन गर्न लागेको हो ।

Related News

सम्बन्धित समाचार

    • अन्नपूर्णको बजेट ४२ करोड ३० लाख

      साधन राम्जाली असार ८, २०७८
      म्याग्दी  । अन्नपूर्ण गाउँपालिकाको आगामी आव २०७८/०७९ को लागि प्रस्तुत नीति, कार्यक्रम तथा बजेट पारित भएको छ । गाउँपालिका अध्यक्ष…
    • पोखरा स्पोर्टस् अवार्ड असार १८ मा, समारोह भर्चुअलमार्फत हुने

      आदर्श समाज सम्वाददाता असार ८, २०७८
      पोखरा, ८ असार । ‘पाँचौं पोखरा स्पोर्टस् अवार्ड २०७६/०७७’ भर्चुअलमार्फत हुने भएको छ । अघिल्लो वर्षदेखि विश्वभर फैलिएको कोरोना भाइरस प्रभावका…
    • पाइपमा अड्कीएर दुई जनाको मृत्यु

      रासस असार ८, २०७८
      दार्चुला । महाकाली नगरपालिका ४ बङ्गाबगडको लास्कुखोलामा ह्युम पाइपभित्र अड्कीएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा व्याँस गाउँपालिका…
    • ‘स्याङ्जामा एक विद्यार्थी एक विरुवा’

      रासस असार ८, २०७८
      स्याङ्जा । फेदीखोला गाउँपालिकाले विद्यार्थीलाई फलफूलका विरुवा बितरण गरेको छ । फलफूलका माध्यमबाट गाउँपालिकालाई नमूना बनाउने ध्येयले कक्षा ६ देखि…
    • खोलामा डुबेर एक जनाको मृत्यु

      रासस असार ८, २०७८
      कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका वडा नं ३ स्थित होङ्सी गेट नजिकै डुमे्रखोलाका ड्याममा डुबेर एक…

    hero news full width

    sanil ads

    wordlink ads