विवाहको प्रलोभनमा युवती घरेलु हिंसाको सिकार

रासस
जेठ १६, २०७८
Rape

सांकेतिक तस्बिर

सर्लाही । सर्लाहीको विष्णु गाउँपालिकामा एक युवती घरेलु हिंसाको सिकार भएकी छन् । विष्णु–७ दुलबाका स्थानीयवासी शिवा राय यादवसँग भागी विवाह गरेकी युवती हिंसाको सिकार भएकी हुन् । गत वैशाख ५ गते सर्लाहीबाट भागी बारामा बसेका युवक र युवती २० दिनपछि गाउँ फर्किए पनि युवकले आफ्नो घर जान नमानेपछि ती युवती हिंसाको सिकार भएकी हुन् ।

युवक र युवती दुवै जनाको सल्लाहअनुसार युवकले विवाह गर्ने भनी घरबाट लिएर भागेका भए पनि २० दिनपछि गाउँ फर्किएर आफूलाई ‘तिमी मुसहर समुदायकी केटी हौँ, तिमी आफ्नोघर जाऊ म तिमीसँग विवाह गर्दिनँ’ भनी छाडिदिएको पीडित युवतीले बताइन् । आफ्नै घर जाँदा आमाबुवाले अस्वीकार गरेपछि आफू शिवाको घर गएको तर शिवाको परिवारले आफूलाई पशुचौपायाझैँ बन्धक बनाएर राखेको पीडित युवतीले बताइन् । शिवाको परिवारले ती युवतीलाई मुसहर समुदायकी युवती भन्दै दाउरा राख्ने गोठमा विगत १० दिनदेखि बन्धक बनाएर राखेको उनको भनाइ छ ।

शिवाले ‘तिमी मुसहर समुदायकी हौँ, तिमी यहीँ’ बस भनेर दाउरा राख्ने गोठघरमा छाडेर भागेको पीडित युवतीले बताइन् । शिवा भागेपछि शिवाका परिवारले अहिले पीडित युवतीलाई गोठमै राखेर यातना दिइरहेको सर्लाहीका दलित अगुवा महेश पासवानले बताउनुभयो । “जातीय छुवाछूत समाजिक अपराध हो, प्रेम सम्बन्धले जातपात देख्दैन तर यस्तो किसिमको जातीय विभेद हुनु भनेको दण्डनीय अपराध हो”, अर्का दलित अगुवा राजेश पासवानले भन्नुभयो । भागेर २० दिनसँगै बस्न मिल्ने तर आफ्नो घरमा राख्न नमिल्ने भन्दै पासवानले आक्रोश व्यक्त गर्नुभयो । नेपाली समाजमा दलितका छोरीको जवानी चल्ने तर दलितले छोएको नचल्ने परम्पराको अन्त्य हुनु आवश्यक रहेको पासवानको भनाइ छ । उहाँले स्थानीय सरकार तथा प्रहरी प्रशासनसँग दोषीलाई यथाशीघ्र पक्राउ गरी कडा कारवाहीको मागसमेत गर्नुभएको छ ।

यता युवतीले प्रहरीमा किटानी जाहेरी दिए प्रचलित कानूनअनुसार युवकलाई कारवाही गर्ने जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताउनुभयो । प्रदेश नं २ का अधिकांश जिल्लामा जातीय तथा धार्मिक र वर्गीय परम्पराको अन्त्य नहुँदा यस्ता घटना निरन्तर घटिरहेको मानवअधिकारवादी मुकेश मिश्रले बताउनुभयो ।

Related News

सम्बन्धित समाचार

    • श्रीमतीलाई नदीमा फाल्ने पक्राउ

      रासस जेठ २८, २०७८
      गोरखा । श्रीमतीलाई तन्नामा पोको पारेर मस्र्याङदी नदीमा फालेको आरोपमा एक षुरुषलाई प्रहरीले आज पक्राउ गरेको छ । पालुङाटार नगरपालिका–७,…
    • पोखराबाट पक्राउ परेको गणेश लामा रिहा

      आदर्श समाज सम्वाददाता जेठ २८, २०७८
      पोखरा  । पोखराबाट पक्राउ परेका नेपाली कांग्रेसका नेता गणेश लामा रिहा भएका छन् । लकडाउन उल्लंघन गरेको भन्दै पोखरा लेकसाईडबाट…
    • ब्राउन सुगरसहित चार पक्राउ   

      आदर्श समाज सम्वाददाता जेठ २८, २०७८
      कर्णाली। जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउन सुगरसहित चार व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार सुर्खेत भेरीगङ्गा नगरपालिका–५ को…
    • एकैघरका दाजुभाइ मृत फेला

      रासस जेठ २५, २०७८
      महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ गौरीडाँडाका दुई दाजुभाइ एक दिनको फरकमा मृत फेला परेका छन् । सो बस्तीका करिब ४०…
    • नक्कली उद्योगबाट स्यानिटाइजर र कस्मेटिक सामान उत्पादन

      रासस जेठ २५, २०७८
      काठमाडौं । काठमाडौँको सानो भर्‍याङबाट नक्कली उद्योग सञ्चालन गरी स्यानिटाइजर र कस्मेटिक सामान उत्पादन गरेको फेला परेको छ । यसरी…

    hero news full width

    Fishtail

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग