लमजुङ । सरकारले शनिबार सार्वजनिक गर्दै गरेको बजेट भाषण सुन्दै हुनुहुन्थ्यो दोर्दी गाउँपालिका–३ का ८५ वर्षीया मनमाया गुरुङ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी २०७८/७९ को बजेट भाषण गर्दै जाने क्रममा जब सामाजिक वृद्धभत्ता ३३ प्रतिशत वृद्धि भन्नुभयो, उहाँको चाउरी परेको अनुहारमा खुशीको भाव पोखियो ।
वृद्धभत्ताबाटै जीवनयापनमा केही सहज बनाउँदै आउनुभएकी उहाँ अब वृद्धभत्ता रु चार हजार हुने सुनेपछि एकाएक फुरुङ्ग हुनुभयो । मनमायाले बढेको वृद्धाभत्ताले परिवारको जीवन र आफूलाई सहज हुने भन्दै सरकार सधैँ यसरी ज्येष्ठ नागरिकको सहारा बन्नुपर्ने बताउनुभयो ।
त्यस्तै मध्यनेपाल नगरपालिका–३ सूर्यपालका ७४ वर्षीय मनबहादुर गोतामे र ६४ वर्षीया चिजामाया गोतामे पनि रेडियोबाट बजेट भाषण सुनिरहनुभएको थियो । उहाँहरुसमेत सरकारले बढाएको वृद्धाभत्ताबाट खुशी हुनुभयो । मनबहादुरले भन्नुभयो, “पहिला–पहिला धेरै कम वृद्धाभत्ता हुने गरेको थियो, अहिले त वृद्धि हुँदै रु चार हजार पुगिसक्यो, सबै ज्येष्ठ नागरिक खुशी हुनुपर्छ ।” उहाँहरु मात्र होइन, जिल्लामा रहेका अधिकांश ज्येष्ठ नागरिक वृद्धभत्तामा भएको वृद्धिले खुशी भएका छन् । जीवनमा कोही नभए पनि सरकार रहेको भन्दै उनीहरु हर्षित भएका छन् ।
विसं २०५१ मा तत्कालीन नेकपा एमालेको सरकार हुँदा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा रु १०० बाट शुरु भएको वृद्धभत्ता हाल नेकपा एमालेकै सरकार केपी ओली शर्माको पालामा आगामी आर्थिक वर्षबाट रु चार हजार पुगेको छ । बेँसीशहर-११ चितीका ज्येष्ठ नागरिक सङ्घका अध्यक्ष रुद्रनिधि तिवारीले वृद्धभत्ताले नुन, तेल, चामल खान पुग्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “हुन त सरकारले जति बढाए पनि पुग्दैन तर सन्तुष्ट मान्ने हो भने यतिका रकम राम्रै हो ।” त्यस्तै ज्येष्ठ नागरिक सङ्घ लमजुङका कोषाध्याक्ष हरिप्रसाद अधिकारीले भन्नुभयो, “सरकारले वृद्धाभत्ता बढाएको छ, यो राम्रै हो । दुःख पाएका र कम आयस्तरका ज्येष्ठ नागरिकलाई त धेरै सहयोग पुग्छ ।”
Related News
सम्बन्धित समाचार
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
वन्यजन्तुबाट भएको क्षतिमा १ करोड बढी राहत
दलित पत्रकार संघ गण्डकीमा पूर्ण
hero news full width
मुख्य समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१