पोखरा । गण्डकी प्रदेशको बजेट अधिवेशन आज आइतबारदेखि सुरु हुँदैछ । पोखरा सभागृह हलमा दिउँसो १ बजेपछि संसदको बैठक सुरु हुनेछ ।
प्रदेशसभामा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेताले सम्बोधन गर्ने पहिलो दिनको कार्यसूची छ । प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेलले भने, ‘पोखरा सभागृहमा बस्ने बैठकको आवश्यक तयारी पूरा भएको छ । पहिलो दिनको कार्यसूचीमा दलका नेताले सम्बोधन गर्नुहुनेछ ।’
कोरोना भाइरस प्रभावका कारण नदीपुरबाट गत वर्षदेखि नै पोखरा सभागृहमै बैठक सारिएको हो । त्यसका लागि कतिपय सांसद तथा कर्मचारीको शनिबार एन्टिजेन परीक्षण भएको छ । पोखरा सभागृहमा नियमित संसद बैठक चलिरहेकोमा संसदको विशेष अधिवेशन वैशाख १२ देखि नदीपुरमा चलेको थियो । त्यसअघि हिउँदे अधिवेशन मन्त्रिपरिषद्को सिफारिसमा वैशाख १ गते रातिदेखि तत्कालीन प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १८३ को उपधारा (२) बमोजिम अन्त्य गरेका थिए ।
आफूविरुद्ध अविश्वासको प्रस्ताव आउने आशंकापछि अविश्वास प्रस्ताव छल्न मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ चालू संसद अधिवेशन टुंगाएका थिए । यद्यपि वैशाख २ मा उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दै कांग्रेससहित विपक्षी दलहरुले विशेष अधिवेशनको माग गरेका थिए । सो बमोजिम वैशाख १२ देखि संसद अधिवेशन सुरु भएको थियो । त्यसको ३ दिनपछि वैशाख १५ मा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा मतविभाजन हुने दिन जनमोर्चाका सांसद बेपत्ता भएको खबरपछि सभामुख नेत्रनाथ अधिकारीले बैठक अनिश्चितकालका लागि स्थगित गरेका थिए ।
कार्यव्यवस्था परामर्श समितिमा घनिभूत छलफलपछि वैशाख २७ का लागि पुनः संसद बोलाइएकोमा अघिल्लो दिन मुख्यमन्त्री गुरुङले पदबाट राजीनामा दिएपछि गण्डकी प्रदेशको राजनीतिमा तरंग उत्पन्न भयो ।
त्यसबीचमा प्रदेश प्रमुख फेर्दै ओली सरकारले एमाले निकटकी सीताकुमारी पौडेललाई गण्डकीमा पठायो । प्रदेश प्रमुख पौडेलले मुख्यमन्त्रीको राजीनामापछि दलहरुलाई संविधानको धारा १६८ (२) बमोजिम सरकार बनाउन आह्वान गरिन् । कांग्रेसले १६८ (५) बमोजिम दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउन माग गर्दै निवेदन दियो । उसको बहुमत अर्थात ३१ सदस्यको हस्ताक्षर नपुग्दा वैशाख २९ मा पुनः मुख्यमन्त्रीमा गुरुङ दोहोरिए । उनले ३० दिनभित्र अर्थात जेठ २७ सम्म संविधानको धारा १६८ (४) बमोजिम विश्वासको मत लिनुपर्नेछ ।
यहीबीचमा प्रदेश प्रमुख पौडेलले जेठ १६ का लागि बर्खे अर्थात बजेट अधिवेशन आह्वान गरेकी हुन् । बर्खे अधिवेशन खासगरी नीति कार्यक्रम एवं बजेटसँग सम्बन्धित हुन्छ ।
शनिबार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत नलिँदासम्म बजेट ल्याउन नहुने विपक्षी दलले आवाज उठाएका थिए । यद्यपि सरकारमा रहेको नेकपा एमाले पक्षधरले भने मुख्यमन्त्रीले विश्वासको मत पनि लिने र बजेट पनि ल्याइछाड्ने बताएका थिए ।
गण्डकीमा कुल ६० सदस्य छन् । तीमध्ये नेकपा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चाका ३, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र १ सदस्य छन् । स्वतन्त्रलाई साथमा लिएका मुख्यमन्त्रीसँग २८ सिट रहेकोमा सरकारमा टिकीराख्न विपक्षी दलबाट थप ३ सांसदलाई फकाउनुपर्छ ।
Related News
सम्बन्धित समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
जरोटुप्पोमा सम जयन्ती र सम्मान
‘शैक्षिक क्षेत्रबाट प्रहरी कार्यालय हटाऊ’
सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने
नमस्ते हस्पिटल १३ औं वर्षमा
hero news full width
मुख्य समाचार
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१