पोखरा, १५ जेठ । गण्डकी प्रदेशमा शनिबार ७ सय ७७ जनाले कोरोना जितेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना संक्रमितको विभिन्न चरणमा लिइएको स्वाबमध्ये ७ सय ७७ जनाको नतिजा नेगेटिभ आएको हो । शुक्रबार ७ सय ७० जना संक्रमणमुक्त भएका थिए । योसँगै प्रदेशमा कोरोना जित्नेको संख्या २८ हजार ५ सय ९६ पुगेको छ । नेपालभर ६ हजार ८० जना निको भइसकेका छन् ।
यसैबीच, गण्डकीमा शनिबार ६ सय ४७ जनामा कोरोना पुष्टि भएको छ । १ हजार ७ सय ४८ जनाको स्वाब परीक्षणमा ३७ प्रतिशत अर्थात् ६ सय ४७ मा संक्रमण पुष्टि भएको छ । तीमध्ये सबैभन्दा बढी कास्कीका १ सय ४० र पर्वतका सबैभन्दा कम ३ जनामा संक्रमण देखिएको छ । मनाङ र मुस्ताङमा शून्य संक्रमित हुँदा बागलुङमा १ सय २७, स्याङ्जा १ सय १५, तनहु र नवलपुर ६४÷६४ र गोरखामा ५६ संक्रमित थपिए । यस्तै, लमजुङका ५४ र म्याग्दीका २४ जनामा संक्रमण पुष्टि भएको छ ।
योसँगै गण्डकीमा संक्रिय संक्रमितको संख्या ११ हजार १ सय २७ पुगेको छ । तीमध्ये १० हजार ५ सय ८५ जना होम आइसोलेसनमा छन् ।
हालसम्म ६४५ को मृत्यु
गण्डकी प्रदेशमा शनिबार थप २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्युु हुनेमा कास्की, बागलुङ र नवलपुका ४/४, लमजुङ र तनहुँका ३/३ तथा म्याग्दी, मुस्ताङ र नवलपरासीका १/१ जना छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा १० का ३९ वर्षीय पुरूषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार मृत्यु भयो । पोखरा ३१ का २८ वर्षीय पुरूषको संक्रमक तथा सरूवा रोग अस्पताल, पोखरामा शनिबार निधन भएको छ ।
यस्तै, शुक्रबार पोखरा १९ का ७९ वर्षीय कोरोना संक्रमित पुरूषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र पोखरा ९ की ६८ वर्षीया महिलाको फिस्टेल अस्पतालमा ज्यान गयो ।
उता, नवलपुरको गैंडाकोट ७ की ३६ वर्षीया महिलाको भरतपुर अस्पतालमा मृत्यु भयो । नवलपुरको विनयत्रिवेणी ६ की ८० वर्षीया महिलाको चितवन मेडिकल कलेजमा वैशाख ८ मा ज्यान गएको थियो । मध्यविन्दु १४ का ५५ वर्षीय पुरूषको कलेज अफ मेडिकल साइन्स, चितवनमा र गैंडाकोट १० की ६७ वर्षीया महिलाको चितवन मेडिकल कलेजमा मृत्यु भयो ।
यस्तै तनहुँको शुक्लागण्डकी ५ का ५८ वर्षीय पुरूषको गण्डकी मेडिकल कलेजमा शुक्रबार निधन भयो । मणिपाल शिक्षण अस्पतालमा व्यास ७ का ५० वर्षीय पुरूष र शुक्लागण्डकी ८ की ५३ वर्षीय कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
यसैगरी, धौलागिरी अस्पतालमा बागलुङ बरेङ १ का ६५ वर्षीय पुरूष र बागलुङ ३ का ५४ वर्षीय पुरूषको मृत्यु भएको छ । ढोरपाटन ५ का ६५ वर्षीय पुरूषको ढोरपाटन कोभिड अस्पतालमा उपचार क्रममा ज्यान जाँदा गल्कोट २ का ९१ वर्षीय पुरूषको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
लमजुङकी ३५ वर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु हुँदा सुन्दरबजार ९ का ६८ वर्षीय पुरूषको गण्डकी मेडिकल कलेजमा निधन भयो । वेंसीसहर ६ की ६८ वर्षीया महिलाकोे चितवन मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको छ ।
म्याग्दी बेनी ३ की ८४ वर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा, मुस्ताङको वाराङगुङ १ की ४० वर्षीया महिलाको फिस्टेल अस्पतालमा, नवलपरासी बर्दघाट १४ की ३१ वर्षीया कोरोना संक्रमित महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार क्रममा ज्यान गएको छ । गण्डकीमा हालसम्म कोरोनाबाट ज्यान गुमाउने ६ सय ४५ पुगेका छन् ।
Related News
सम्बन्धित समाचार
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
वन्यजन्तुबाट भएको क्षतिमा १ करोड बढी राहत
hero news full width
मुख्य समाचार
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
फागुन ३, २०८१सफल पोखरा म्याराथनमा दौडियो पोखरा
फागुन ३, २०८१पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१