कोभिड-१९ संक्रमण रोकथाम, निदान, नियन्त्रण र उपचारमा कुनै कसर नराखी काम गर्न मुख्यमन्त्रीकाे निर्देशन

आदर्श समाज सम्वाददाता
जेठ १५, २०७८
ps gurung

पाेखरा ।  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले  कोभिड-१९ संक्रमणको रोकथाम, निदान, नियन्त्रण र उपचारका लागि  कुनै कसर नराखी काम गर्न  स्वास्थ्य सम्बद्द संस्थाका प्रमुखहरूलाइ निर्देशन दिएका छन् ।

शनिबार बैठक डाकेर उनले  जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखहरु, जिल्ला अस्पतालका मेसुरहरु, जिल्ला आयुर्वेद अस्पतालका प्रमुख र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निर्देशकलाई निर्देशनसमेत दिई स्वास्थ्य मन्त्रालयका तर्फबाट निम्नानुसारको बजेट उपलब्ध गराउने र केही निर्णयबारे जानकारी गराएका छन् ।

१ औषधी खरिदका लागि सबै ११ जिल्ला स्वास्थ्य कार्यालयहरुलाई ५/५ लाख रुपैयाँ ।

२ अक्सिजन फिलिङ र ढुवानीका लागि जिल्ला अस्पतालहरुलाई ५/५ लाख रुपैयाँ ।

३ कोभिड उपचारमा खटिने स्वास्थ्यकर्मी, चिकित्सक र कर्मचारीलाई खाजा खुवाउन जिल्ला अस्पतालहरुलाई ५/५ लाख रुपैयाँ ।

४ डिसिसिएमसीहरुलाई कोभिड व्यवस्थापनका लागि थप २/२ लाख रुपैयाँ ।

५ जनचेतना वृद्धि र खोज अनुसन्धानका लागि जिल्ला आयुर्वेद औषधालयहरुलाई २/२ लाख रुपैयाँ ।

६ गाउँगाउँमा एन्टिजेन परीक्षण दायरा बढाउने ।

७ समयमा कोभिड परीक्षणका लागि कर्मचारीहरुलाई प्रेरित गर्ने, मनोबल उच्च बनाउने र टिम बनाएर गाउँगाउँ खटाउने ।

Related News

सम्बन्धित समाचार

  • सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । सहारा क्लब पोखराका ६ जना खेलाडी सहिद स्मारक ‘बि’ डिभिजन लिग फुटबल प्रतियोगिताका लागि ब्रिगेड ब्वाइज क्लब, ललितपुरमा…
  • कोटीहोम गोलचक्करमा पोखरा

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । सयौं वर्ष पुराना चौतारा र रुख मासेर कोटीहोम महायज्ञका लागि दाउरा बटुलेपछि मानव सेवा फाउण्डेसन र त्यसका संस्थापक…
  • थ्रिस्टार सेमिफाइनलमा प्रवेश

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पाेखरा । आहारारा पोखरा गोल्डकपको पाँचौंपल्टको विजेता थ्रि स्टार क्लब २४ औं संस्करणको प्रतियोगितामा सेमिफाइनल प्रवेश गरेको छ । आइतबार…
  • पूर्वराजा ज्ञानेन्द्र पोखरामा

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा आएका छन् । पोखरा र आसपासका जिल्लामा रहेका शक्तिपीठ भ्रमणका लागि उनी आइतबार समिट…
  • गण्डकी धौलागिरी पेट्रोलियममा मोहन

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसिएसनको २७ औं साधारण सभा तथा १४ औं अधिवेशनले मोहन सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति…

hero news full width