सभ्य र समुन्नत समाज निर्माणका लागि एकजुट हुन प्रदेश प्रमुखको आग्रह

आदर्श समाज सम्वाददाता
जेठ १५, २०७८
sita kumari paudel

पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख सीताकुमारी पौडेलले सभ्य र समुन्नत समाज निर्माणका लागि एकजुट हुन आग्रह गरेकी छन् । १४ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रदेश प्रमुख पौडेलले सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै सभ्य र समुन्नत समाज निर्माणका लागि एकजुट हुन आग्रह गरेकी हुन् ।

सन्देशमा उनले जेठ १५ नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन ऐतिहासिक रहेको उल्लेख गर्दैै लोकतन्त्रलाई स्थापित, संस्थागत र सुदृढ गर्नु सबैको कर्तब्य भएको बताएकी छन् ।

‘नेपालको संविधानले परिकल्पना गरेको संङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा सभ्य र समुन्नत समाज निर्माणका लागि एकजुट हुँदै नेपालको भौगोलिक अखण्डता कायम गर्न र राष्ट्रियता सुदृढीकरणका लागि आजको दिनले प्रेरणा दिनेछ भन्ने विश्वास मैले लिएकी छु,’ सन्देशमा भनिएको छ, ‘यस अवसरमा मुलुको सार्वभौमिकता स्वाधीनता र राष्ट्रिय एकतालाई अझै सुदृढ गर्र्दै ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पुरा गर्न सबैको सहभागिताको लागि हार्दिक आव्हान गर्दछु ।’

सन्देशमा प्रदेश प्रमुख पौडेलले संक्रमणबाट संक्रमित भइ उपचारमा रहेका र होम आइसोलेसनमा बसेकाहरुमा शीघ्र स्वास्थ्यलाभको कामना ग।ेकी छन् । महामारीका समयमा अग्रपंक्तिमा रही काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षानिकाय तथा कर्मचारीहरूलाई सम्मान गर्र्दै अझ उच्च मनोबलका साथ निरन्तर क्रियाशिल रहन पनि उनले आह्वान गरेकी छन् । उनले यस कठिन परिस्थितिमा जनताको स्वास्थ्य सुरक्षा तथा उपचार कार्यलाई सहज र सर्वसुलभ बनाउन सम्बन्धित सबैपक्षको ध्यानकार्षण समेत गराएकी छन् ।

Related News

सम्बन्धित समाचार

  • लायन्स आदर्श चौतारीको शिविर

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालअन्तर्गत लायन्स क्लब पोखरा आदर्श चौतारी, लियो आदर्श चौतारी, पैयुँको आयोजनामा निःशुल्क बृहत्…
  • गण्डकी थोक औषधी व्यवसायीमा काफ्ले

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । नेपाल औषधी थोक व्यवसाय संघ, गण्डकी प्रदेशको आठौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले हिमलाल काफ्लेको अध्यक्षतामा नयाँ…
  • बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित

    विजय नेपाल माघ २६, २०८१
    पोखरा । नेपाल कानून व्यवसायी परिषद्को निर्वाचनमा गण्डकी प्रदेश पार्षद सदस्यमा अधिवक्ता दयाराम गौतम निर्वाचित भएका छन् । प्रजातान्त्रिक कानून…
  • बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन

    रासस माघ २५, २०८१
    गण्डकी । संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार एडिनब्राका ड्यूक एड्वर्ड र अधिराजकुमारी डचेस सोफीले शुक्रबार पोखरास्थित ब्रिटिस क्याम्पमा आयोजित कार्यक्रममा बेलायती…
  • ज्येष्ठ नागरिक समाजबाट सम्मान

    आदर्श समाज सम्वाददाता माघ २५, २०८१
    पोखरा ।पोखरा । ज्येष्ठ नागरिक सरोकार समाज, नेपालले ज्येष्ठ नागरिक क्षेत्रमा कलम चलाउने पत्रकार, सासूससुराको राम्रो सेवा गर्ने ‘असल बुहारी’,…

hero news full width