गणतन्त्र दिवसमा राष्ट्रपतिद्वारा ४३० जनाको कैद मिनाहा

आदर्श समाज सम्वाददाता
जेठ १५, २०७८
bidhya_devi_bhandari_gZDNRmBaPl-16

पोखरा । गणतन्त्र दिवसका अवसरमा अवसरमा ४३० जना कैदीले माफी मिनाहा पाएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा ४३० कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिएकी हुन्।

उनीहरुलाई नेपालको संविधानको धारा २७६ बमोजिम फौजदारी कसुर (सजाय तथा कार्यान्वयन) ऐन, २०७४ का दफा ३७ लगायतका विभिन्न कानुन र सर्वोच्च अदालतको २०७७ साउन १९ को परमादेशसमेतका आधारमा मिनाहा दिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width