पोखरा, १४ जेठ । गण्डकी प्रदेशमा शुक्रबार ७ सय ७० जनाले कोरोना जितेका छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार कोरोना संक्रमित र निको हुनेको संख्या बराबरीको हाराहारीमा छ । प्रदेशमा ८ सय ८ संक्रमित हुँदा ७ सय ७० जना कोरोनामुक्त भएका हुन् । योसँगै प्रदेशमा कोरोना निको हुनेको संख्या २८ हजार ५ सय ९६ पुगेको छ ।
नेपालभर थप ९ हजार ८४१ जना निको भएका छन् । हालसम्म संक्रमितमध्ये ४ लाख २८ हजार ६७० जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ७८.१ प्रतिशत रहेको छ ।
प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको ह्वात्तै बढेको छ । पछिल्लो समय ३० जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । विभिन्न अस्पताल र होम आइसोलेसनमा गरी ३० संक्रमितको मृत्यु भएको हो । तीमध्ये कास्कीका मात्रै १२ जना छन् । यति ठूलो संख्यामा भएको मृत्यु प्रदेशमा अहिलेसम्मकै उच्च हो ।
यस्तै गण्डकीमा पछिल्लो २४ घण्टामा ८ सय ८ संक्रमित थपिएका छन । थपिएकामध्ये कास्कीमा २ सय ९, बागलुङका १ सय ३२ जना, तनहुँका ५४ जना, म्याग्दीका १२ जना, गोरखाका ७७ जना, लमजुङका ४ जना, स्याङ्जाका ५१ जना, नवलपरासीमा १ सय ३४ जना, पर्वतका १ सय ३३ जना कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशमा ६ हजार ९ सय ५१ जना संक्रमित थपिएका छन् । २० हजार १ सय १० जनाको परीक्षणमा उक्त संख्यामा संक्रमित भेटिएका हुन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ४९ हजार १ सय ११ पुगेको छ ।
हाल सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ३ सय ९४ छ । त्यस्तै, गएको २४ घण्टामा थप ९६ जनाले ज्यान गुमाए । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार ४७ पुगेको छ ।
Related News
सम्बन्धित समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
ज्येष्ठ नागरिक समाजबाट सम्मान
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
hero news full width
मुख्य समाचार
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
माघ २२, २०८१संस्कृत माविको १२४ औं अभिभावक दिवस
माघ २२, २०८१