स्याङ्जा । पञ्चायती शासकबाट ४२ वर्षअघि मारिएका सहिद महेन्द्र शाहको स्मृतिसभा शुक्रबार गरिएको छ । नेपाली कांग्रेस पुतलीबजार नगरपालिका १४ वडा कार्यालयको आयोजनामा स्मृतिसभा गरिएको हो ।
स्वतन्त्रता र प्रजातन्त्र प्राप्तिका लागि २०३६ सालमा भएको विद्यार्थी आन्दोलनमा जेठ १४ गते तत्कालीन पञ्चायती शासकको गोली लागेर सदरमुकाममा उनको मृत्यु भएको थियो ।
पुतलीबजार नगरपालिका १४ सतौंस्थित सहिद महेन्द्र शाह स्मृति पार्कमा रहेको अर्दकदको शालिकमा माल्र्यापणसहित उनको स्मरण गर्दे दिवस मनाइएको छ । सतौं उनको जन्मथलो हो ।
कोरोनाका कारण सिमित व्यक्तिकाबीच स्मृतिसभा मनाइएको छ । माल्यापर्णपछि सहिद शाहको स्मरण गर्दे कांग्रेसका कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार) ले सहिद महेन्द्र शाहजस्ता निडर र सक्षम सपुतहरुका बलिदानीले प्राप्त लोकतन्त्रको रक्षार्थ लोकतन्त्रप्रेमी एकजुट हुनु पर्ने बताए ।
कार्यक्रममा सहिदका बुवा मेघबहादुर शाह, सहिद महेन्द्र शाह स्मृति प्रतिष्ठानका अध्यक्ष शेरबहादुर राना, तरुण दल जिल्ला उपाध्यक्ष रविन केसी, जनप्रतिनिधि विष्णुकुमार श्रेष्ठ लगायतले महेन्द्र शाहको जीवनी र संघर्ष र बलिदानीका बारेमा स्मरण गर्दै उनले देखेका सपना साकार बनाउनु पर्नेमा जोड दिए ।
साविक चण्डीकालिका गाउँ पञ्चायत हाल पुतलीबजार नगरपालिका १४ स्थित सतौंमा २०१८ सालमा जन्मेका उनी मेघबहादुर शाह र हीराकुमारी शाहका छोरा हुन् ।
कांग्रेस वडासभापति जितेन्द्रप्रकाश मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव प्रकाश पौडेलले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
ज्येष्ठ नागरिक समाजबाट सम्मान
प्रेस चौतारीबाट पत्रकार पौडेल र गुरुङ सम्मानित
सल्युट गोर्खाको रक्तदान
लमजुङमा पात बजाउने प्रतियोगिता, महिलाले मच्चाए तहल्का
hero news full width
मुख्य समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१