खोपसहित पर्यटन मैत्री नीति समेटेर कार्यक्रम ल्याउन पर्यटन परिषद्को माग

आदर्श समाज सम्वाददाता
जेठ १४, २०७८
Pokhara_tourist

फाइल तस्बिर

पोखरा । पोखरा पर्यटन परिषद्ले आर्थिक वर्ष २०७८/२०७९ नीति तथा कार्यक्रममा कोभिड १९ विरुद्धको खोप सम्पूर्णलाई उपलब्ध गराउन र पर्यटन मैत्री नीतिलाई विशेष प्राथमिकता दिएर कार्यक्रम ल्याउन प्रदेश सरकार समक्ष माग गरेको छ ।

परिषद्का अध्यक्ष गोपी भट्टराईले एक विज्ञप्ति जारी गदै नो भ्याक्सिन नो टुरिजम भएकाले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा सुरक्षित गन्तब्यका रुपमा सकारात्मक सन्देश दिन पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर खोप व्यवस्था गर्नुपर्ने उल्लेख गरेका छन् ।

कोरोना महारमारीले लामो समयदेखि मानिसको स्वास्थ्य र दिनचर्या निकै प्रभावित भएको जनाउँदै सम्पूर्णलाई खोप लगाउने व्यवस्था साथै पर्यटन क्षेत्रका सम्पूर्ण व्यवसायी, कर्मचारी र आवद्ध मजदुरहरुलाई तत्काल सम्बोधन हुने गरी राहत प्याकेज कार्यक्रमलाई समेट्न आग्रह गरिएको छ ।

विज्ञप्तिमा पहिलो र दोस्रो चरणको कोरोना महामारीले पर्यटन क्षेत्रलाई तत्काल र दीर्घकालिन रुपमा असर गरेकाले तत्काल यस क्षेत्रका समस्यालाई सम्बोधन नगरे व्यवसायीहरु पलायन हुर्दै जाने बताइएको छ । हाल ३० प्रतिशत भन्दा बढी व्यवसायी यस क्षेत्रबाट पलायन भइरहेको स्मरण गराउँदै देशको अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको पर्यटन क्षेत्रलाई जोगाउन सरकारले विशेष नीति ल्याएर लगानी संरक्षण गर्नुपर्नेमा जोड दिइएको छ ।

पर्यटन क्षेत्र ठप्प हुँदा यस क्षेत्रसँग सम्बद्ध मजदुरको अवस्था समेत कष्टकर बन्दै गइरहेकाले सरकारको राहत प्याकेजमा मजदुरलाई पनि समेट्ने गरी कार्यक्रम ल्याउन आग्रह गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, पर्यटन व्यवसाय ठप्प भएको र यसको प्रभाव पर्यटनमा अझ बढि लामो समय सम्म रहने हुनाले सम्पूर्ण पर्यटन व्यवसायी लगायत विभिन्न क्षेत्रमा बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋणको किस्ता तथा व्याज आगामी २ वर्षसम्म तिर्न सक्ने कुनै सम्भावना नरहेकाले तसर्थ बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर व्यवसाय सञ्चालन गरेका व्यवसायीहरुलाई कर्जाको भुत्तानी तालिकालाई पुनर्तालिकीकरण गर्न समेत माग गरिएको छ ।

मौद्रिक नीतिमा आगामी आर्थिक वर्ष २०७८÷०७९ मा पर्यटनलाई प्राथमिकता प्राप्त क्षेत्रको रुपमा सम्बोधन गरी हरेक बैंकले बढीमा पाँच प्रतिशत ऋण सहुलियत व्याजदरमा पर्यटन उद्योगमा अनिवार्य लगानी गर्ने गरी व्यवस्था मिलाउनका लागि समेत अनुरोध गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी धौलागिरी पेट्रोलियममा मोहन

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसिएसनको २७ औं साधारण सभा तथा १४ औं अधिवेशनले मोहन सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति…
  • पाेखरा नयाँबजारको मेलामा राजस्थानी नृत्य

    आदर्श समाज सम्वाददाता माघ १८, २०८१
    पोखरा । भारतको राजस्थान राज्यको उदयपुर संभाग क्षेत्रका महिलाहरु परम्परागत रुपले टाउकोमा ८/९ वटा पानीको घडा (माटोको गाग्री) राखेर नाच्छन्…
  • पुँडीटार औद्योगिक क्षेत्र : इआइए सकियो, भएन जग्गा प्राप्ति

    आदर्श समाज सम्वाददाता माघ १६, २०८१
    पोखरा । गण्डकी प्रदेश सरकारको गौरवको आयोजना हो–प्रदेश औद्योगिक क्षेत्र निर्माण । २०७४ सालमा सरकार गठन भएकै समयमा नवलपुरको लोकाहाखोला…
  • नेपाल एसबिआई बैंकद्वारा ३ लाख सहयोग

    आदर्श समाज सम्वाददाता माघ १२, २०८१
    पोखरा । नेपाल एसबिआई बैंक लि. ले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नदीपुरस्थित नेपाल भारतमैत्री पुस्तकालय सहजरुपमा सञ्चालन गर्न नेपाल भारत मैत्री…
  • मेला हेरे मोबाइल !

    आदर्श समाज सम्वाददाता माघ ११, २०८१
    पोखरा । राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सवमा सहभागी दर्शकमध्ये हरेक दिन पाँच जनालाई मोबाइल पुरस्कार दिइने भएको छ…

hero news full width