पोखरा, १४ जेठ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन अभावले गएको १५ घण्टामा ७ कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल कोभिड वार्डका फोकलपर्सन डा. शरदचन्द्र बरालका अनुसार हिजो (बिहीबार) साँझ ६ बजेदेखि हालसम्म ७ संक्रमितको ज्यान गएको हो ।
‘हामीहरु डाटा कलेक्सन गर्दैछौं,’ डा. बरालले आदर्श समाजसँग भने, ‘२/३ दिनदेखि हाइ फ्लो अक्सिजन लगाउनुपर्ने बिरामी बढ्दा समस्या हुन गएको हो । त्यसले गर्दा अक्सिजन खपत बढी भयो ।’ मृत्यु हुनेमा सुत्केरीसमेत छन् ।
हाइफ्लोका बिरामीलाई धेरै अक्सिजन चाहिने हुँदा पनि थोरै कम हुनेबित्तिकै ज्यानको जोखिम हुने डा. बराल बताउँछन्।
गण्डकी प्रदेशमा सरकारीस्तरको सबैभन्दा ठूलो अस्पताल भए पनि अक्सिजन प्लान्ट नहुँदा मागअनुसार आपूर्ति हुन नसकेको बताइन्छ । यो अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत सञ्चालित छ । अस्पतालले ३ दिनदेखि ओपिडी बन्द गर्दै सबै बेडमा कोरोना संक्रमितको उपचार गर्ने सूचना जारी गरिसकेको थियो । अस्पतालमा कुल ३ सय ५० बेड छन् ।
अस्पतालको कोरोना वार्डमा हाल ७० जना कोरोना संक्रमितको उपचार भइरहेको छ । त्यसबाहेक इमर्जेन्सी वार्डमा दैनिक १० देखि १५ बिरामी भर्ना हुने गरेको बताइन्छ ।
अस्पतालमा अक्सिजन प्लान्ट नहुँदा पोखरा क्षेत्रमा सञ्चालित अक्सिजन उद्योगबाट आपूर्ति व्यवस्था मिलाइएको छ । पोखरामा निजी स्तरमा २ मात्र अक्सिजन प्लान्ट उद्योग संचालित छन् । पोखरा अक्सिजन ग्यास प्रालिले प्रतिघण्टा ३० सिलिन्डर र कालिगण्डकीले प्रतिघण्टा २० सिलिन्डर अक्सिजन उत्पादन गर्छ। यी उद्योगले दिनमा जति नै कोशिस गरे पनि १५ सयभन्दा बढी सिलिण्डर भर्न सक्दैनन् । यही सिलिण्डरले नै यस क्षेत्रका निजी, सरकारी तथा सामुदायिक अस्पतालमा कोरोनासहित अन्य प्रकृतिका बिरामीलाई धान्दै आएको छ ।
बिद्युत आपूर्ति नहुँदामात्र उत्पादनमा समस्या पर्ने कम्पनीको भनाइ छ । बिहीबार दिउँसो पनि केही समय बिद्युत अबरुद्ध भएको थियो । तैपनि कम्पनीले भने नियमित अस्पतालहरुलाई अक्सिजन पठाइरहेको दाबी गरेका छन्।
Related News
सम्बन्धित समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
ज्येष्ठ नागरिक समाजबाट सम्मान
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
hero news full width
मुख्य समाचार
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
माघ २२, २०८१संस्कृत माविको १२४ औं अभिभावक दिवस
माघ २२, २०८१