पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराका फार्मेसीमा अनुगमन गरेको छ । निषेधाज्ञाको अवधिमा औषधिजन्य वस्तुको अभाव र मूल्य वृद्धि नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय कास्की र प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रको सक्रियतामा अनुगमन गरको हो । साथै अनुगमनमा उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय पोखरा, पोखरा महानगरपालिका, स्वास्थ्य कार्यालय, कास्की एवं राष्ट्रिय उपभोक्ता मञ्चका प्रतिनिधिहरुको उपस्थिति थियो । अनुगमन टोलीले पोखराका ९ औषधि पसल एवं सप्लायर्सहरुमा अनुगमन तथा निरीक्षण गरेको थियो ।
ती मध्ये एउटा फार्मेसीलाई विगत ४–५ दिन अगाडि जारी भएका बिलसहित अन्य कागपत्रको साथमा ३ दिनभित्र जिल्ला प्रशासन कार्यालय, कास्कीमा उपस्थित हुन निर्देशन दिएको छ । अन्य फार्मेसी तथा औषधि पसलहरुमा अनुगमनका क्रममा देखिएका सामान्य त्रुटिहरुलाई तत्काल सुधार गर्न निर्देशन दिइएको छ । साथै प्रशासनले अनुगमनलाई आगामी दिनमा पनि थप कडाईका साथ निरन्तरता दिने जनाएको छ । ग्रुप सिक्स भेन्चर, तालवाराही फार्मेसी, पृथ्वी फार्मेसी, आस्मानी फार्मेसी, गुरुङ सिटी फार्मेसी, गण्डक परी फार्मेसी, सुमि फार्मेसी, रिदम फार्मेसी र चुनचुन फार्मेसीमा अनुगमन तथा निरीक्षण गरेको हो ।
Related News
सम्बन्धित समाचार
रोजगारी दिनेभन्दा खोज्ने कम : २ सय ४५ जनाले पाए रोजगारी
गण्डकी बोर्डिङका शिक्षकलाई तालिम
प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन
एनटिभिएको शुभकामना आदानप्रदान
पोखरा १३ मा निशुल्क तालिम
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१