सत्तापक्ष– प्रतिपक्ष भन्ने नै छैन

सुनील सापकोटा
जेठ १४, २०७८
Shovamohan Poudel

मैले पदभार सम्हालिसकेपछि कुनै पनि संस्था र मान्छेलाई हेर्ने फरक दृष्टिकोण राखिनँ । वडाको मानचित्र ९० दिनभित्रै बनाएँ । त्यसकै आधारमा भौतिक पूर्वाधारसँगै मानवीय विकास समानान्तर लैजानुपर्छ भन्ने हिसाबले वडाका योजना बनाएँ । कनेक्टिङ रोड, पि वान् र पि टु भनेर छुट्याएँ । विद्यालयको गुणस्तर, स्वाथ्य चौकी निर्माणका साथै रोजगारी प्रवद्र्धन गर्न सिलाइ तालिम, पुरुञ्चौर क्षेत्रलाई बाख्रा पकेट क्षेत्रका रुपमा विकास गर्‍यौं, अहिले ६० वटा फर्म छन्, ६/७ लाख बचत गर्न सक्ने अवस्थामा छन् । २५ लाख बराबरको टनेल विकास गरी उत्पादन सुरु गरेका छौं ।

घार्मी लिफ्टिङ खानेपानीको काम अन्तिम चरणमा छ, घरमा धारा बनाउने र लिफ्टिङ जोड्ने काम बाँकी छ । लकडाउन खुलेपछिको अवस्थामा १ महिनामा काम सक्छौं । यो वर्ष पनि ७० जना महिलालाई रोजगारमूलक सिलाइ तालिम सञ्चालन गर्‍यौं । वडा कार्यालय निर्माण सकिएको छ तर ठेकेदारका कारण ढिला भएको हो ।

शोभामोहन पौडेल
अध्यक्ष, पोखरा महानगरपालिका वडा नं. १९

हामीले सबै पार्टीहरुलाई पनि सन्तुलित रुपमा लिएर गएका छौं । टोल विकाससँग समन्वय गरिरहेका छौं । न्याय निरुपण, न्याय सम्पादन गर्नुपर्छ भन्ने उद्देश्यले व्यक्ति व्यक्तिबीचका झगडा, साँध सिमानाका झगडा अन्त्य गर्दै संस्कार बसाल्न हामी सफल भएका छौं । वडाबाट नगरपालिका न्यायिक समितिमा मुद्दा जानै नपर्ने बनाएका छौं ।

नगरपालिकामा उत्कृष्ट कार्यसम्पादन गर्नै वडा १९ हो । हामीले ९१ प्रतिशत कार्यसम्पादन गरेका छौं । ५ लाखको एउटा योजनाबाहेक सबै कार्यान्वनमा छन् । कार्यसम्पादनमा वडा सचिव खटिएर लाग्नुपर्छ भन्नेमा मेरो जोड रह्यो, यस सम्बन्धमा सचिव नसहने वडाध्यक्ष पनि भने । वडाबासीले दुख पाएको कुनै घटना नै छैन ।

वडाको डकुमेन्ट्री र प्रोफाइल पनि बनाउँदै छौं । क्लबसँगको समन्वयमा एम्बुलेन्स सञ्चालन गरेका छौं ।

विधान समितिमा हामी २ बैठक बस्छौं । हिउँदे अधिवेशनलाई विधान सभाको रुपमा हामी लिन्छौं । चानचुन ऐन, कानुन, कार्यविधि गरी ९८ वटा बनाएका छौं । सबैभन्दा प्रमुख रुपमा सहरी योजना आयोग पनि स्थापना गर्‍यौं । पर्यटन ऐन, सहरी विकास निगम ऐन पनि हामीले पास गरेका छौं ।

कतिपय संशोधन पनि भइरहेका छन् । प्रदेश र संघसँग नबाझिने गरी संघीय सरकारको मार्गदर्शनमा नियमकानुन बनाउँछौं । एउटा बैठकमा नोट अफ डिसेन्ट लेखेकोभन्दा बाहेक विपक्ष दलतर्फबाट खास समस्या भएको अवस्था छैन । सहमतिमै ऐन कानुन बनेका छन् । कार्यपालिकाले अनुमोदन गरेर निर्णयार्थ नगरसभामा पेस गरेपछि दफाबार छलफल गर्छाै । त्यसअघि ५/६ दिन अघि वडा वडामा छलफल गर्न पठाएका हुन्छौं । नगरसभामा १ दिन अध्ययनको समय पनि दिन्छौं ।

वन ऐन, प्रहरी प्रशासन, शिक्षा, पर्यटन ऐन, पूर्वाधार नियम, मापदण्ड ऐन लगायत हामीले निर्माण गरिसकेका छौं ।

सुशासनसम्बन्धी कानुन निर्माणमा केही समस्या देखिएको छ । प्रदेश लोक सेवा आयोग गठन नभएका कारण अस्थायी, करार कर्मचारीको माग सम्बोधन गर्न सकेका छैनौं । मलाई लाग्छ अहिले पास भएको अवस्था । आवश्यक कानुन निर्माण र संशोधन गरी कार्यान्वयनमा ल्याएका छौं ।

स्थानीय सरकार सञ्चालन ऐनले प्रतिपक्ष भन्नेखालको सोच बनाएको छैन । मनोविज्ञानमा पर्ने भएकाले सहजीकरण गर्न २ दलको सचेतक बनाएर जाने खालको कुरा कानुनमा नभए पनि गरेका छौं । मेघा प्रोजेक्टको कुरा गर्दा बसपार्कको समिति बनाएका छौं, फोहोरमैलाको समिति बनाएका छौं । सेती गर्जेजमा विवाद आएको थियो, मेयरसाबसँगको छलफलपश्चात कार्यदल बन्यो, पास गर्नुपर्छ भन्ने पक्षमा निर्णय गरेको छ । फेवा सिल्टेसन ड्याम पनि सर्वसम्मत निर्णय भएको छ । सिसाको पुलमा पनि विवाद छैन, रामघाट ड्याम बनाउने कुरा विवादमा आएको थियो, नमिलेका कुरा मिलाएर जाने गरी अघि बढाइएको छ । विपक्षीबाट विषय उठ्छ, छलफल गर्ने र निष्कर्षमा पुग्ने गरी काम भइरहेको छ ।

पोखरा १९ का वडाध्यक्ष पौडेल महानगरमा नेकपा एमाले प्रमुख सचेतक एवं विधान समिति सभापति पनि हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width