पोखरा । हाम्रो नेतृत्वले वडा कार्यालयलाई जनताको सेवामा चुस्त दुरुस्त बनाउन पेपरलेस (प्रविधियुक्त) बनायौं । वडा नं. ६, ७, ५, १८ जोडिने सिमाना बाटो ढलान सक्ने तयारीमा छौं, पस्र्याङ बगैंचा पार्कलाई करिब २ करोडको लागतमा आधुनिक, आकर्षक पार्क बनाएर असारसम्ममा सम्पन गर्नेछौं । जिरोदेखि विन्ध्यवानीसम्म हाइवे हरियाली, सामुदायिक विद्यालयलाई स्रोत साधन सम्पन्न र पूर्वाधार पूर्ण बनाउने, वडा दर्पण प्रकाशन, पत्रकार भेटघाट लगायत कार्यक्रम गर्यौं । ज्येष्ठ नागरिक खाजा र मनोरञ्जनका साथमा दिवा सेवा केन्द्र सञ्चालन गर्यौं, जहाँ १ सयको हाराहारीमा ज्येष्ठ नागरिक रहनुुहुन्छ । अर्काे शाखाको भवन बनाउँदै छौं ।
शारीरिक व्यायामशाला कर्मचारीसहित सञ्चालन गर्यौं । पस्र्याङ बगैंचा पार्क, रवीन्द्र स्मृति बाटिका र मदन स्मृति पार्क तयार भइसके भने बुलौदी पार्क बनाउँदै छौं । वडामा करिब ९० प्रतिशत बाटो पक्की बनाइसकेका छौं ।
सार्वजनिक जग्गा संरक्षणमा जोड दियौं । वडा नम्बर ५ र ८ बीचको फिर्केमा ६१ लाख खर्चमा साइड वाल निर्माण गरी सफा बनाएका छौं, अब ग्रिनरी गर्छाै । वडामा पशुपालन गर्नेलाई मापदण्ड बनाएर आर्थिक प्रोत्साहन गर्यौं । कोरोनाको पहिलो चरणमा महानगर, गैरसरकारी संघसंस्था र जनताको सहयोगमा करिब २८ लाख बराबरको राहत वडामा वितरण गर्यौं।
सिसि क्यामेरा जोड्ने, वडा कार्यालय भवन निर्माण, स्वरोजगार कार्यक्रममा प्राथमिता दिन सकेनौं ।
पोखरा महानगरमा प्रतिनिधित्व गर्ने कांग्रेस र एमालेमात्रै हो । कहिले कहिले विपक्षीबाट असहयोग होला कि जस्तो देखिन्छ, त्यसबाट गर्नेपर्ने तर हुन नसकेका काम गर्न दबाब सिर्जना गर्ने गरेको छ । यसबाट महानगर नेतृत्वलाई छिटो काम गर्न लगाब दिइरहेको हुन्छ ।
प्रदेश सरकार र संघीय सरकारबीच समन्वय भइरहेको छ । फेवाताल संरक्षणमा प्रदेश सरकार र महानगर सँगसँगै काम गरिरहका छौं । तालहरु संरक्षण, सामुदायिक विद्यालय सशक्तीकरण, खानेपानी आयोजना लगायतमा सहकार्य भएको छ । जस्तो कि, पोखरामा एउटा पार्क बनाउने भनियो भने कहाँ बनाउने भन्ने निक्र्याैल गर्ने त्यसपछि प्रदेश सरकारले कति बजेट हाल्ने स्थानीय सरकारले कति बजेट हाल्ने भन्ने हुन्छ । स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारबीच सहकार्य, सहअस्तित्व र समन्वय भइरहेको छ ।
रामघाट, पाताले छाँगो लगायतमा सार्वजनिक निजी साझेदारी कार्यक्रम कार्यान्वयन गर्न खोजिएको हो । महानगरपालिकाको समग्र हितमा प्रयोग हुने गरी काम गर्छ भने अघि बढौं भन्ने सबै पक्षको छलफलबाट आएपछि अघि जानुपर्छ भन्ने निष्कर्ष निकालेपछि अघि बढेको अवस्था हो । केही भ्रम पनि छन्, केही नयाँ प्रयोग भएकाले जिज्ञासा पनि आम नागरिकमा छन् । नयाँ खालका केही काम गर्न सकेनौं भने महानगरपालिकालाई परिवर्तन गर्न सक्दैनौं ।
टुरिस्ट बसपार्क बन्यो, पृथ्वीचोक बसपार्क अब मिनी बसपार्क हो, वडा नम्बर ९ का अध्यक्षले प्रतिवेदन दिनुभएको छ, प्रतिवेदनमाथि छलफल गरी बजेट छुट्याएर काम थालनी हुन्छ । तर पोखरामा बसपार्क, अन्तर्राष्ट्रिय सभासम्मेलन गर्ने हलसमेत अभाव छ । यसतर्फ हामीले योजना बनाइरहेका छौं ।
राजनीतिक सहमति र डिजाइनको कुरा टुंग्याएर त्यहाँका विवाद हल गरेलगत्तै काम सुरु गर्छाैं ।
महानगरको प्रशासनिक भवन पशु विकासको कार्यालय माटेपानीमा बन्छ, जहाँ १२ रोपनी छुट्याइएको छ । सहरी पूर्वाधार विकास कार्यालय रहेको ठाउँमा ६ वटा महाशाखा कार्यालय रहने गरी काम थालेका छौं ।
पोखरा महानगरपालिकाको सिंगो कार्यालयको काम गर्दै छौं, टेन्डरमा गइसक्यो । सबै वडा कार्यालय नयाँ प्रविधि र सुविधायुक्त बन्दै छन् । वडालाई बढी अधिकार दिने गरी महानगर गइरहेको छ । प्रज्ञा प्रतिष्ठान, युवा परिषद्, नगर खेलकुल विकास समिति, पोखरा प्राविधिक शिक्षालय स्थानपना भइसकेका छन् भने ५० बेडको अस्पताल निर्माण गर्दै छौं ।
उपमेयरसँग महिला कार्यक्रम, हामी बनाउँछौं हाम्रो महानगरलगायत प्रभावकारी भएको पायौं । कनेक्टिङ रोडको अवधारणा गाउँलाई सहर बनाउन जोड्ने योजना हो । अस्फाल्ट पिचले पोखराका सडक सुन्दर र दुर्घटना कम भएका छन् ।
ग्रामीण क्षेत्रका वडामा विकास पुर्याउन र महानगरका वडा हुन् भन्ने अनुभूति हुने गरी कृषि, पशुपालन, विभिन्न उद्योग धन्दा, वडा कार्यालय व्यवस्थापन, प्रहरी कार्यालय, स्वास्थ्य कार्यालय लगायत कुरामा जोड दिइरहेका छौं । वडागत तहमा जनसंख्या, क्षेत्रफल, राजस्व कति उठ्छ, खर्च गर्ने सामथ्र्य कति छ जस्ता आधारमा बजेट विनियोजन गर्दै छौं, यो नयाँ प्रयोग हो । यसले वडाहरुकोे सन्तुलित विकासमा सहयोग पुर्याउनेछ ।
सहरी योजना आयोगले ३ वर्षे आवधिक योजना बनाएको छ, महानगरले आवधिक र दीर्घकालीन योजना बनाएको छ । महानगरबासीका इच्छा, आशा, अपेक्षा पूरा गर्ने गरी निर्वाचन घोषणापत्रका आधारमा अघि बढ्नेछौं । जनताले स्थानीय सरकारलाई आफ्नो सरकारको रुपमा हेरिरहेका छन् । स्थानीय तहका जनप्रतिनिधिले प्रतिस्पर्धाका रुपमा मात्रै नभई प्रतिष्ठाका रुपमा काम गरिरहेका छौं । पोखरा ५ का वडाध्यक्ष नेपाली महानगरपालिकाका प्रवक्ता हुन् ।
पोखरा महानगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएको चौंथो वर्षको अवसरमा गरिएको कुराकानीमा आधारित
Related News
सम्बन्धित समाचार
प्रेमील गजलकारको भावपूर्ण बिदाइ
अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
गण्डकीमा अधिवेशन डाक्न सिफारिस, मुख्यमन्त्रीले विश्वासको मत लिँदै
दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल
hero news full width
मुख्य समाचार
प्रकट पगेनी ‘शिव’ को निधन
कामचलाउ मुख्यमन्त्री अधिकारी विश्वासको मत लिने तयारीमा
वैशाख ४, २०८१फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको भाउ
वैशाख ३, २०८१अन्नपूर्ण क्षेत्रमा भित्रिए ९ महिनामा १ लाख ४४ हजार पर्यटक
वैशाख ३, २०८१झण्झटिलो प्रशासनिक सेवा र भ्रष्टाचार विकासका बाधकः राष्ट्रपति
वैशाख ३, २०८१बजेटमाथि बहुवर्षे योजनाको चाप : दायित्व पौने १६ अर्ब
वैशाख ३, २०८१