व्यवसायी रमेश कर्माचार्यको निधन

आदर्श समाज सम्वाददाता
जेठ १४, २०७८
Ramesh Karmacharya

पोखरा । पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष रमेश कर्माचार्यको निधन भएको छ । कोरोना संक्रमणका कारण ६५ वर्षको उमेरमा बिहीबार बिहान ३ः३० बजे काठमाडौंको निदान अस्पतालमा उनको निधन भएको हो ।
परिवारसँगै काठमाडौंमा रहेका बेला २० दिनअघि उनमा कोरोना पुष्टि भएको थियो । १५ दिनदेखि उनलाई अस्पताल भर्ना गरिएको थियो । सुरुवातमा ब्लु क्रस हस्पिटल राखिएको भोलिपल्ट निदान लगिएको उनका काका ईश्वर कर्माचार्यले जनाए ।

‘संक्रमण भइकन पनि स्वास्थ्य सामान्य रहेकोमा अक्सिजन नहुँदा अस्पताल लगिएको थियो,’ ईश्वर कर्माचार्यले भने, ‘तीनदेखि फिभर पनि बढ्यो, अक्सिजन स्टेवल नहुँदा भेन्टिलेटर राखिएको थियो । तर बिहान यस्तो खबर सुन्नुप¥यो ।’ उनका परिवारका सदस्यमा समेत कोरोना देखिएकामा हाल सबै संक्रमणमुक्त छन् ।

स्व. कमाचार्यको बिहीबार दिउँसो काठमाडौं आर्यघाटमा नेपाली सेनाका सहयोगमा अन्त्येष्टि भएको छ । पोखरा–११, रानीपौवा स्थायी बसोबास रहेका उनका श्रीमती र २ छोरा छन् ।

पोखरा उद्योग वाणिज्य संघमा २०५९ देखि २०६१ सम्म अध्यक्षको जिम्मेवारी सम्हालेका उनी पोखराका स्थापित व्यवसायी थिए । त्यसअघि संघमा २०४७ सालमा साधारण सदस्य, २०५३–२०५५ सम्म उपमहासचिव र २०५७–२०५९ सम्म महासचिव थिए । संघद्वारा सञ्चालित बालश्रम न्यूनीकरण कार्यक्रम संयोजक रुपमा रहेर समेत उनले लामो समयसम्म काम गरेका थिए ।

पोखरामा स्थापित हिमचुली विकास बैंक (हाल लुम्बिनी विकास बैंक) का उनी संस्थापक अध्यक्ष हुन् । लायन्स क्लब अफ पोखरा लेकसिटीका पूर्व अध्यक्ष उनी राष्ट्रिय हक्की खेलाडीको रुपमा समेत परिचित थिए ।

कर्माचार्य परिवारले सञ्चालन गरेको कपडा पसल पोखराकै सबैभन्दा पुरानो कपडा पसल हो । उनका बाजे श्यामप्रसाद कमाचार्यले सबैभन्दा पहिले कपडा पसल चलाएका थिए । महेन्द्रपुलको पुलमुनि गंगाप्रसाद श्यामप्रसाद कर्माचार्य कपडा पसल परिवारले अझै पनि चलाउँदै आएको छ ।

विभिन्न संघसंस्थामा आबद्ध उनी सामाजिक कार्यमा रुचि राख्थे । धार्मिक कार्यक्रममा पनि उनी संलग्न हुने गर्थे । तुलसीमार्ग टोल विकास संस्थाका पूर्व अध्यक्ष उनी गण्डकी बोर्डिङ स्कुलमा अभिभावकतर्फबाट पूर्व सञ्चालक सदस्य थिए ।

यसैबीच, पोखरा उद्योग वाणिज्य संघले कर्माचार्यको निधनप्रति दुःख व्यक्त गरेको छ । संघका महासचिव सुरेन्द्रमान बिजुक्छेले विज्ञप्ति जारी गर्दै पूर्व अध्यक्ष एवं हालका सल्लाहकार कर्माचार्यको निधनबाट संघलाई अपूरणीय क्षति पुगेको जनाएका छन् । साथै संघले आफ्नो अभिभावक एवं कर्मशील व्यवसायी एवं समाजले एक असल समाजसेवी गुमाएको विज्ञप्तिमा उल्लेख छ । संघ सचिवालयमा रहेको झन्डा आधा झुकाएर श्रद्धाञ्जली व्यक्त गर्दै चिरशान्तिको कामनाका साथै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • पोखरा भिलेज अब चारतारे

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा लेकसाइडस्थित होटल पोखरा भिलेज रिसोर्ट एन्ड स्पा स्तरोन्नतिसहित फोरस्टार होटलको रुपमा सञ्चालन गरिएको छ । २०६६ सालबाट…
  • पोखरा १० का सामुदायिक विद्यालयलाई स्टे्सनरी सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा १० ले वडाभित्र रहेका सामुदायिक विद्यालयलाई स्टेसनरी सामग्री वितरण गरेको छ । वडाभित्र रहेको ३ वटा सामुदायिक…
  • भुजेल समाजको रक्तदान

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । भुजेल समाज जिल्ला समन्वय समिति कास्कीले नव वर्षको उपलक्ष्यमा शनिबार खुला रक्तदान आयोजना गरेको छ । नेपाल आदिवासी…
  • स्पोर्टस् अवार्डमा सहयोग प्रतिबद्धता

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकी प्रदेशका खेल संघ तथा क्लबका प्रतिनिधिले आठौं पोखरा स्पोर्टस् अवार्ड सघाउन प्रतिबद्धता जनाएका छन् । सोमबार नेपाल…
  • हेमजामा नागरिक आरोग्य कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा २५ हेमजामा वडाको स्वास्थ्य कार्यक्रमअन्तर्गतको नागरिक आरोग्य सुरु हुँदैछ । यसै सन्दर्भमा सोमबारदेखि प्रारम्भिक घरधुरी सर्वेक्षण सुरु…

hero news full width