पोखरा । कोरोना महामारीको चेक ब्रेक गर्ने भन्दै जिल्ला प्रशासन कार्यालय कास्की गत वैशाख १५ देखि जारी निषेधाज्ञाको मिति फेरि थपेको छ । प्रशासनले शुक्रबारदेखि लागु हुने गरी जेठ २१ सम्म निषेधाज्ञा अवधि लम्बाएको हो । अति आवश्यक बाहेकका सेवामा पूर्ण रुपमा प्रतिबन्ध कायमै रहने भएका छन् ।
प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को निर्णयका आधारमा संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम बुधबार जेठ १४ गते राति १२ बजदेखि जेठ २१ गते राति १२ बजेसम्म कास्की जिल्लाभर निषेधाज्ञाको आदेश लागु गरेका हुन् ।
सो अवधिमा हाल जस्तै अत्यावश्यक काममा बाहेक घर बाहिर निस्कन पाइने छैन । एम्बुलेन्स, बिरामी तथा कुरुवा बोक्ने सवारीसाधन बढीमा २ जना, दमकल, शववाहन, खाद्यसामग्री तथा पशुपंक्षीका दाना, तरकारी, फलफूल, दुग्ध पदार्थ, माछा, मासु, पानी, ग्यास तथा पेट्रोलियम पदार्थ बोकेका गाडी, चिकित्सक तथा स्वास्थ्यकर्मीले ड्युटीमा जानेआउने क्रममा प्रयोग गर्ने गाडी, औषधी तथा स्वास्थ्य सेवाका सामग्री बोकेको गाडी, अत्यावश्यक सरकारी कामकाजका लागि प्रयोग हुने सरकारी गाडी बाहेकका निजी तथा सार्वजनिक गाडी सञ्चालन गर्न पाइने छैन ।
सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार सञ्चालन गर्न, मानिसहरु भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस गर्न, जात्रा, महोत्सव गर्न निषेध गर्न पाइने छैन ।
मठ मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायत धार्मिक स्थलमा जनस्वास्थ्यको मापदण्ड पालना गर्ने गरि नित्य पूजा, ध्यान र प्रार्थना मात्र गर्ने गरि अन्य कार्य नगर्ने, नगराउने भनिएको छ । शिक्षक संस्था बन्द कायमै छन् ।
सिनेमा हल, पार्टी प्यालेस, होटल, रेस्टुरेन्ट, चिया तथा खाजा पसल, मोटेल, नाँचघर, क्लब, डान्सबार, दोहोरी साँझ, फनपार्क, रंगशाला, फुटसल, खेलकुद स्थल, जिमखाना, फिटनेश सेन्टर, स्पा, स्वीमिङ पुल, व्युटी पार्लर, शैलुन, सुनचाँदी, टेलरिङ, फुटपाथ पसल लगायतका सेवा एवं स्थल नखोल्ने तथा सञ्चालन नगर्ने आदेशमा उल्लेख छ ।
विवाह, ब्रतवन्ध एवं अन्य संस्कारजन्य कार्यक्रम पार्टी प्यालेस तथा होटलमा सञ्चालन गर्न पाइने छैन भने घरमा सञ्चालन हुने त्यस्ता कार्यक्रममा बढीमा १० जनासम्म सहभागी हुन नपाइनेछ । विवाहको लागि केटा वा केटी पक्षले बढीमा ५ जनामात्र हुने गरी १ सवारीसाधन मात्र प्रयोग गर्न सक्ने छन् ।
दैनिक उपभोग्य खाद्यान्न, तरकारी, फलफूल, दुध तथा दही, माछा, मासु बिक्री वितरण गर्ने पसल बिहान ५ देखि ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइने छ । ताजा दूध बेलुका ५ देखि ७ बजेसम्म नजिकको चिस्यान केन्द्र एवं संकलन केन्द्रमा पु¥याउन एवं बिक्री वितरणमा बाधा छैन ।
खाद्यान्न, तरकारी, पानी, फलफूल, दुध जस्ता दैनिक उपभोग्य वस्तु नजिकको पसलबाट मात्र खरिद गर्ने, सोको लागि सवारीसाधन लैजान नपाइने आदेशमा उल्लेख छ ।
उद्योग र सार्वजनिक निर्माण कार्यमा संलग्न कर्मचारी तथा श्रमिकलाई उद्योग परिसर वा निर्माणस्थल नजिकै खाना र बासको व्यवस्था गरी स्वास्थ्य तथा सुरक्षा मापदण्ड पूर्ण रुपमा अपनाई सञ्चालन गर्ने । आयोजनालाई मात्र निर्माण सामग्री बोक्ने गाडी बेलुका ७ देखि बिहान ४ बजेसम्म चल्न सक्ने छन् ।
स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत्, खानेपानी, औषधी तथा औषधीजन्य उत्पादन तथा बिक्री वितरण लगायतका अत्यावश्यक सेवा तथा कार्य गर्ने बाहेकका अन्य सरकारी तथा गैरसरकारी कार्यालय बन्द हुने छन् । कर्मचारीले बिहान ९ देखि १० र बेलुका ५ देखि ६ बजेसम्म परिचयपत्र र पोशाकका आधारमा कार्यालयसम्म आउजाउ गर्न सक्ने छन् ।
सञ्चारकर्मीले परिचयपत्र आधारमा हिडडुलमा समस्या छैन । बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह हुने दैनिक सेवा नेपाल राष्ट्र बैंक, प्रादेशिक कार्यालय पोखराको समन्वयमा शाखा प्रबन्धकले एक चौथाइ कर्मचारीको उपस्थितिमा सञ्चालित बित्तिय संस्थाहरुमा ५० हजार भन्दा माथि जम्मा गर्ने पाईनेछ । तिनका कर्मचारी परिचयपत्र र कार्यालय पोशाक आधारमा बिहान १० देखि ११ र दिउँसो २ देखि साढे ३ सम्म कार्यालयसम्म आवतजावत गर्न सक्ने छन् ।
Related News
सम्बन्धित समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
ज्येष्ठ नागरिक समाजबाट सम्मान
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
hero news full width
मुख्य समाचार
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
माघ २२, २०८१संस्कृत माविको १२४ औं अभिभावक दिवस
माघ २२, २०८१